२१ मंसिर २०७९, बुधबार

Dec 7, 2022

Advertisement

काभ्रेपलाञ्चोक । डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् । माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै कचौरामा खन्याए । उनकी श्रीमती र छोरीले सो विषादी खोसेर फ्याँकिदिए र उनीहरू आफ्नो काममा लागे तर बारपाकले पुनः विषादी ल्याई पानी पिएझैँ पिए । माइली भन्छिन्, “हामीलाई त लागेकै थिएन उनले साँच्चै पिउनुहोला भनेर । त्यही भएर उनको कुरालाई गम्भीररूपमा लिएनौँ तर उनले पिएपछि हाम्रो त होसै उड्यो”, उनी गुनासो गर्छिन्, “निषेधाज्ञाको समय भएकाले तत्काल अस्पताल लान नसक्दा उनको अवस्था सख्त भइसकेको थियो ।”

उपचारमा ढिलाइ भएका कारण सबै आन्द्रा टाँसिएका थिए । चिकित्सकको १५दिनसम्मको अथक प्रयासका कारण बारपाक बाँच्न त सफल भए तर उनको शरीर पहिलेजस्तो सामान्य नहुने चिकित्सकको भनाइ छ । बारपाककी श्रीमती माइलीलाई अब एउटै चिन्ता छ, “तीन छोराछोरीको भविष्य अब कस्तो होला र घर खर्च कसरी चलाउने ” बारपाकको उपचारका कारण ऋणको बोझ पनि थपिएको उनको गुनासो थियोे ।

उनीजस्तै जिल्लाका विभिन्न अस्पतालमा विष सेवनपछि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा विष सेवनका कारण १० दिनदेखि उपचाररत ४६ वर्षीय रामकृष्ण भुजेलका परिवारको गुनासो पनि उस्तै छ । दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका भुजेल निषेधाज्ञाका कारण रोजगारी नपाएपछि मानसिकरूपमा विक्षिप्त भए । आम्दानीको स्रोत नभएका कारण निरास भएका श्रीमान्ले विष सेवन गरेको अम्बिकाले बताइन् । भुजेलले विष सेवन गरेपछि आफ्नो आर्थिक स्थिति झनै नाजुक बनेको उनको भनाइ थियो ।

दोस्रो लहरको कारोना सङ्क्रमण बढेकाले निषेधाज्ञापछि विष सेवनका बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताइन् । उनका अनुसार निषेधाज्ञापूर्व विष सेवनका वार्षिक पाँचदेखि १० बिरामी भर्ना हुने गरेकामा हाल मासिक १५ बिरामी भर्ना भएका छन् । हालै अस्पतालमा विष सेवनपछि उपचाररत तीन बिरामीको मृत्यु भएको प्रमुख बस्नेतले बताईन्।

“प्रायः कमजोर मानसिक अवस्था भएका व्यक्तिले नै विष सेवन गर्ने गरेका पाएका छौँ”, उनले भनिन्। मानसिक समस्यालाई अन्य रोगजस्तै जटिलरूपमा नलिएसम्म त्यस्ता घटना नियन्त्रण हुन नसक्ने उनको भनाइ थियो । भित्रभित्रै बेखुसी हुने, खान मन नलाग्ने, धेरै सोच्ने, रुन मन लाग्नेलगायत मानसिक समस्या देखिएमा तत्काल मनोपरामर्शदातासँग सल्लाह लिन प्रमुख बस्नेतले सुझाव दिईन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राजधानी सरेपछि दाङको राप्ती गाउँपालिकाले तोक्यो कोठा भाडा दर जिल्ला अस्पतालमै छैन जीवनजल बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा हेजिङ सुविधा दिने संस्था तोक्दै अर्थ मन्त्रालय खरिद अनुगमन कार्यालयलाई समेत नटर्ने ८ ठेकेदारलाई अन्तिम मौका निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ? हँसिया प्रहारबाट एक युवाको मृत्यु, एक गम्भीर घाइते आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको ३५ दिने अल्टिमेटम ८ महिनापछि विलासिताको वस्तु आयात प्रविबन्ध खुल्यो दासढुंगा हत्याकाण्ड जाँचबुझ आयोग संयोजक प्रचण्डराजको निधन के–ड्रामा हेरेको भन्दै उत्तर कोरियामा दुई किशोरलाई मृत्युदण्ड खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु पहाडी क्षेत्रमा बदलीको सम्भावना दशगजालाई नै असर पर्ने गरि रुपन्देहीको पक्लिहवा नजिक भारतको पर्खाल राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिने तयारी भैरहवामा सामुहिक खेलकुद महोत्सवमा : १२ सय विद्यार्थी सहभागी अन्तर-विद्यालय क्रिकेटः काशी नोबल र शान्ति नमूना विजयी बुटवल–बेलहिया सडक : घटेनन् सवारी दुर्घटना, लेन प्रयोगको सचेतना शून्य कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने संकेत