ताजा अपडेट »

एनसेल र टेलिकमका टावर निशानामा

विहीबार, १६ साउन २०७६, १० : ०४
4 Shares

साउन १६,
ग्लोबल आवाज

मंगलबार र बुधबारसम्म अज्ञात समूहले एक दर्जन बढि एनसेल र नेपाल टेलिकमको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी भएको छ ।प्रहरीका अनुसार झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट भएको छ भने अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरिएको छ ।

आक्रमणको जिम्मा कसैले नलिएको प्रहरीले जानकारी दिएको छ । आगजनी र विष्फोट कसले र किन गरायो भन्ने पुष्टि नभएको प्रहरीले जनाएको छ । यसअघि पनि विप्लव नेतृत्वको नेकपाका कार्याकर्ताको संलग्नतामा एनसेल र एनटीसीका टावरमा क्षति पुर्याएकोले प्रहरीले विप्लवका कार्याकर्ताको संलग्नता रहेको अनुमान लगाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।