ताजा अपडेट »

थप २४४५ जनामा कोरोना संक्रमण, ३२ को मृत्यु

सोमबार, ०४ साउन २०७८, १६ : ५०
4 Shares

बुटवल । बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना

संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४।७ प्रतिशत रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।