ताजा अपडेट »

सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट

मंगलबार, १४ साउन २०७६, १० : ५९
8 Shares

साउन १४ ,

काठमाडौँ   । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि  त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् ।

यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् । राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ)को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ । भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन । - तुलसी सुवेदी/अन्नपूर्ण दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।