ताजा अपडेट »

दाङको ट्राफिक समस्या केही समयमै समाधान हुन्छ : प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ

बुधबार, ३० असार २०७८, २० : ५७
4 Shares

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फोरलेयान सडक, क्रसर उद्योग र टिप्परको विषयमा उल्झीएका समस्याहरु केहि समयमै समाधान हुने बताए । रिपोर्टर्स क्लव दाङमा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस क्षेत्रमा सञ्चालन भएका सिमेन्ट उद्योगमा प्रयोग भएका टिप्परहरुले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै इमान्दारिता नअपनाउँदा समस्या आएको बताए । उनले मापदण्डी विपरीत सञ्चालन भएका टिप्परहरु लाई जरिवाना लियर पहिलो पटक छोडेको भन्दै अव जरिमाना नभई मापदण्ड विपरीत सञ्चालन भएको पाइएमा चालक र सहचालकलाई मुद्धा चलाउने बताए ।

‘हामीहरुले हिजोमात्र ट्रिपरहरुलाई होलडिङ गरेर मापदण्ड अनुसार सञ्चालन गर्ने विषयमा छलफल गरेका छौं, अव नियम नमानेलाई जरिमाना होइन कानुनि कारवाहि गर्ने छौं –उनले बताए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्लाको गौरवको आयोजना फोरल्यान सडकको विषयमा धेरै कुरा उठेको भन्दै त्यो आयोजनाको काम सञ्चालन हुने बताए । ‘सरकारले नीति निर्माण गर्ने हो सरकारको नीतिलाई हामीहरुले कायान्वयन गर्ने हो ,सञ्चालन भएका योजनाहरुलाई समयमै सक्न हाम्रो पहल हुने छ उनले भने सम्वन्धीत कम्पनी र निर्माणको जिम्मा पाएको कम्पनीसँग समन्वय भई रहेको भन्दै त्यसले आफनो पालासम्म पूर्णता पाउनेछ ।

त्यस्तै दाङमा सञ्चालन भएका क्रसर उद्योगहरुको विषमा पनि धेरै कुराहरु उठेको भन्दै यसको विषमा पनि छलफल गरि अगाडी बढने बताए । उनले जिल्लामा सञ्चाल भएका अधिकाम्स क्रसर उद्योगहरु नियम विपरीत सञ्चालन भएको भन्ने कुरा उठेको भन्दै यो राष्ट्रिय समस्या भएको बताए । ‘दाङमा क्रसर उद्योगहरु नियम अनुसार सञ्चालन भएका छैनन् भन्ने कुरा मैले पहिलेनै थापाएको हो, यसको पनि केहि समयमै के गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने छ उनले बताए ।

‘केहि बाटोको छेउमा छन् केहि खोला नजिकै कुन स्थानमा कस्तो मापदण्ड हुने भन्ने एउटा अनुगमन समिति छ, त्यसले हेर्ने र अनुगमन गर्ने हो । उनले तत्काल सञ्चालनमा रोक लगाउँदा विकास निर्माणमा समस्या हुने होकी भन्ने अवस्था भएको बताए । ‘यो राष्ट्रिय समस्या हो हामीहरुले त्यहि अनुसार यसलाई सामाधान गर्ने छौं, यसको पनि छिटै समस्या सामाधान हुन्छ ।

त्यस्तै उनले आफु जिल्लामा आएको १७ दिन भएको भन्दै राष्ट्रि सेवक कर्मचारीहरु शासक नभएर सेवक हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफु सेवकको रुपमा जनताको सेवा गर्ने र अन्य राष्ट्र सेवक कर्मचारीहरुलाई पनि लोपलालचमा नफसी निष्पक्ष काम गर्न आग्रह गरे । उनले आम नागरिकले कर्मचारीहरुले घुस खान्छन् काम गदैन्न भन्ने अफ पनि छाप परेको भन्दै त्यसको अन्य गर्ने बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी