July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

दोब्बर कर असुल गर्न खोजेको भन्दै लुम्बिनीको लमही नगरपालिकामा तालाबन्दी

240

दाङ । लमही नगरपालिकाले दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायीहरुले दुईवटा ताला नगरपालिका प्रशासनमा र एउटा मुख्य प्रवेशद्वारमा लगाएका छन् ।

वडा नम्बर ५ को वडा कार्यालयको प्रवेशद्वारमा पनि तालाबन्दी गरिएको छ । लमही नगरपालिकाका वडा नम्बर ६, ७ र ८ नम्बर वडाका सडक ग्राभेल गर्ने योजना अनुसार ठेक्का दिएको थियो । ठेकेदारहरुले रोल्पा, प्युठानलगायतका पालिकाका सप्लायर्सबाट ढुंगागिट्टी किनेर बाटो ग्राभेल गरेका थिए ।

त्यसको भ्याट बिल उनीहरुले नगरपालिका कार्यालयमा पेश गरेपनि कर्मचारीहरुले नगरपालिकाकै भ्याट बिल हुनुपर्ने भनेपछि तालाबन्दी गरिएको एकजना ठेकदारले बताए । उनले भने–‘‘राप्ती नदीको बगरबाट माल उठाउँदा प्रहरीले पक्रिन्छ भनेर हामीले रोल्पाको एक सप्लायर्सले डम्पिङ गरेर राखेको माल किनेर काम पूरा गर्याैं तर अहिले लमही नगरपालिकाकै भ्याट बिल चाहिन्छ भनेर डबल कर असुल्न खोजिएको छ ।’

उनले यो काममा करिब ५०–६० लाख खर्च भएको पनि बताए । लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले ठेकेदारहरुको समस्यालाई आफुले सम्बोधन गरिदिने समेत बताएका छन् । बार्ताबाट समस्याको समाधान गरिने भएपछि अहिले पालिकाको ताला खोलिएको छ ।

पछिल्लो अपडेट