ताजा अपडेट »

थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

मंगलबार, २९ असार २०७८, १७ : ०८
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना ९पीसीआर परीक्षणमा० पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको कुल संख्या ९ हजार ४१२ पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।