११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

दाङ । दाङको घोराही-लमही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा ६ जना घाईते भएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आईतबार दिउँसो करिव १ बजेतिर एकआपसमा ठोकिदा ६ जना घाईते भएका छन् ।

घाईते हुनेमा जीप चालकसहित सोही गाडीमा सवार हुन् । भालुवाङबाट घोराही तर्फ जाँदै गरेको रा १ ज ७०६ नम्बरको जीप र घोराहीबाट लमही तर्फ जाँदै गरेको ना ५ ख २८०८ नम्बर यात्रुवाहक बस ठोक्किएका हुन् । घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते हुनुभएको छ ।

यस्तै, जीप चालक र अर्का एक जना पनि घाईते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिए । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता