२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

साउन ११,

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमा रोजगारी दिन सरकारले ल्याएको कार्यक्रम प्रभावकारी हुन नसक्दा विदेशबाट फर्किएकाहरू अलपत्र परेका छन् ।
सरकारले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ‘रेमिट्यान्स’ भित्र्याउन महत्वपूर्ण योगदान दिँदै आएका नेपालीको अपमान भएको उनीहरूले आरोप लगाएका छन् । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ‘रेमिट्यान्स’ ले धान्दै आएको छ ।

स्वदेशमै व्यवसायको वातावरण तयार पार्ने आकर्षक नारा दिएर सरकारले विदेशबाट फर्किएकाका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले उत्साहपूर्वक घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा भने समस्या देखिएको छ । बैंकले अनेक बहाना बनाएर ऋण दिन आनाकानी गरेपछि स्वदेशमै केही इलम गर्ने सुन्दर सपना बोकेर फर्केका हजारौंले ऋण पाउन सकेका छैनन् ।


सरकारले बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सरकारको सो घोषणाअनुरूप बैंकले बिनाधितोमा ऋण उपलब्ध गराउँदा लगानी जोखिममा पर्ने र ११ प्रतिशतभन्दा बढी ब्याज असुल्दै आएका बैंकले ३ प्रतिशतमा ऋण दिनुपर्ने भएपछि आनाकानी गरेको स्रोतले जानकारी दिएको छ ।

सहुलियत ऋणका लागि आवेदन खुला भएपछि २३ हजारभन्दा बढीकोे संख्यामा आवेदन परेको थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १८ हजार ७ सय ६७ जनाको मात्र आवेदन सदर भएको छ । सहुलियत ऋण उपलब्ध गराउन समन्वय गरिरहेको सामाजिक संस्था रिटर्नी नेपालका अनुसार आवेदन दिएर स्वीकृत भएका १८ हजारमध्ये हालसम्म २३ जनाले मात्र ऋण पाएका छन् । -राजधानी दैनिक

प्रतिकृया दिनुहोस्

Flash News

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत