ताजा अपडेट »

बुटवलमा चर्चित र्यापर साकारको प्रस्तुती हुने

शुक्रबार, १० साउन २०७६, २२ : २५
6 Shares


साउन १०
ग्लोबल आवाज
बुटवल । बुटवलमा चर्चित र्यापर साकारको प्रस्तुती हुँदैछ । जङ्ग प्रोडक्सन बुटवलले आयोजना गर्ने ‘साकार लाइभ इन बुटवल’ मा युवा माझ चर्चित र्यापरको पहिचान बनाएका सागर अधिकारीको शनिबार प्रस्तुती रहने छ । आयोजक जङ्ग प्रोडक्शनले शुक्रबार पत्रकार सम्मेलन गरी सो कार्यक्रम बारे जानकारी गराएको हो ।


युवाहरुको चाहना र साकारका गीतको माग भएको बताउँदै कार्यक्रमको आयोजना गरिएको प्रोडक्शनका अध्यक्ष अमित के.सी.ले बताए । उनले भने‘ साकार युवा पुस्ताका चर्चित ¥यापर भएको हुनाले बुटवलमा पनि र्याप गीतमा रमाउने धेरै युवाहरुको चाहना अनुसार हामीले उनलाई कार्यक्रममा निम्ताएका हौं।’


उनीसँगै कार्यक्रममा पोखराको ड्रिमर्ज व्याण्डको प्रस्तुुती रहने आयोजकले बताएका छन् । कार्यक्रम शनिबार साँझ बुटवल स्थित द कन्सेप्ट रेष्टुरेण्ट एण्ड बारमा हुँदैछ । कार्यक्रमा प्रवेशका लागि १ हजार टिकट रहेको छ भने करिब ५ सय जना सहभागी हुने आयोजकले बताएका छन् । कार्यक्रममा सहभागि जनाउन इसेवा मार्फतपनि टिकट लिन सकिने रवि घिमिरेले बताए ।


क्लबका अध्यक्ष अमित के.सी.को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्लान बि का सञ्चालक रोहित घले ,आयोजक संस्थाका अभिषेक गुरुङ लगाएतले बोल्दै कार्यक्रमले बुटवलको मनोरञ्जन क्षेत्रमा टेवा पु¥याउने बताए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपक न्यौपानेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।