ताजा अपडेट »

थप २ हजार २३९ जनामा संक्रमण, २० जनाको मृत्यु

शुक्रबार, २५ असार २०७८, १६ : ४५
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।