ताजा अपडेट »

३२ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता

शुक्रबार, १० साउन २०७६, ११ : ५८
8 Shares

साउन १०,

काठमाडौँ ।  पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले मुद्दा दर्ता गराएका हुन् ।

जिल्ला अदालतको तथ्यांकअनुसार ओखलढुंगामा गत आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए । स्रेस्तेदार पौडेलका अनुसार मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएका हुन् । -नागरिक दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।