ताजा अपडेट »

हवाई जहाजबाट हुम्लामा एक करोड १२ लाखको तरकारी

विहीबार, ०९ साउन २०७६, १७ : २१
6 Shares


साउन ९,

सिमकोट । हुम्ला जिल्लाई सडक यातायातले जोडेको छैन । नेपालकै दुर्गम मध्येको एक जिल्ला हुम्लामा वर्षमा हवाई चढेर एक करोड १२ लाख रुपिँयाको तरकारी पुग्छ भनेर धेरैलाई पत्यार नलाग्न सक्छ । तर तथ्याङ्बाट त्यो कुरा पुष्टि भएको छ । गत आर्थिक वर्षमा हुम्ला सिमकोटमा मात्रै एक करोड १२ लाख बराबरको तरकारी आयात भएको छ ।

आवश्यक अनुसार तरकारी उत्पादन नभएपछि नेपालगंज र सुर्खेतबाट महङ्गो हवाई ढुवानी गरेर तरकारी आयात भएको हो । यसमा यात्रुहरुले साथमा ल्याउने तरकारीको मुल्य समावेश गरिएको छैन ।मङ्सिरदेखि जेठ महिनासम्म प्रतिदिन दुईसय क्वीन्टल र असारदेखि कार्तिक महिनासम्म प्रतिदिन औसत एकसय क्विन्टल तरकारी नेपालगंज र सुर्खेतबाट सिमकोटमा हवाई मार्गबाट ढुवानी भएर आउने उद्योग बाणिज्य संघ हुम्लाका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायाले बताउनुभयो ।

मानसरोवर कैलाशको पर्यटकीय सिजनमा हेलिकोप्टरबाट तरकारी होटेल व्यवसायीहरुले भित्र्याउने गरेका छन् । यसरी प्रत्येक दिन प्रत्येक यात्रुहरुले दुईचार किलो हरियो तरकारी हातमै बोकेरै आउने गरेका छन् । अहिले नेपालगंजबाट प्रतिकिलो ढुवानी दर एकसय २० रुपियाँ र सुर्खेतबाट प्रतिकिलो एकसय पाँच पियाँ रहेको छ । गएको एक वर्षमा जेठदेखि कार्तिकसम्म एकसय ५० दिनमा प्रतिदिन एकसय केजी तरकारी नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुँदै आएको छ ।

मङ्सिरदेखि जेठसम्म दुई पाँचदिन प्रतिदिन दुईसय किलो तरकारी सीता, तारा र समिट एयरका जहाजहरुले बोक्दै आएका छन् । सुर्खेत र नेपालगंजको ढुवानी दर दशरुपियाँ प्रतिकिलो फरक भए पनि सिमकोट बजारमा मुल्य एकनास रहेको छ ।

नेपालगंज र सुर्खेतमा तरकारीको पसल मुल्यसहित तरकारीको प्रतिकिलो चारसयसम्म तरकारीको मुल्य पर्ने स्थानीय व्यापारी सृष्टि बिसी बताउनुहुन्छ । यसरी तरकारीको मुल्य महङ्गो हुनुको कारण चर्को ढुवानी भएको उहाँले दाबी गर्नुभयो । हाल सिमकोटमा तरकारीका खुद्रा पसलहरु आठवटा रहेका छन् ।

हरियो तरकारी बाह्र महिना उत्पादन नहुने भएपछि महङ्गो हवाई ढुवानी तिरेर तरकारी उपयोग गर्नु वाध्यता रहेको स्थानीय जीवन परियारले दुखेसो पोख्नुभयो ।ऋतु अनसार सबै तरकारी आवश्यकता अनुसार नपाईने र बेमौसमीमा साग र धनियाँबाहेक अरु तरकारी उत्पादन नहुने भएपछि यस्तो बाध्यता आइपरेको उहाँले बताउनुभयो । गैरस्थानीय सरहनै हुम्लामै उत्पादन भएका तरकारीको मुल्य राख्नाले स्थानीय थप मर्कामा परे पनि यसप्रति कसैको ध्यान जान सकेको छैन ।- राजन रावत /गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।