७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौ । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् ।

Advertisement

तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिए । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने