१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

सर्लाही । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेका बेला ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्यालय तहको सिकाइ निरन्तरतामा चुनौती देखिएको छ । प्राविधिको पहुँच भएका विद्यालयले अनलाइन विधिबाट पठनपाठन गराएका भए पनि ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरु प्रविधिको पहुँचमा पुग्न सकेका छैनन् । सर्लाहीको बरथवा नगरपालिकाले शिक्षा सुधार योजना बनाएर नगरभित्रका विद्यालयमा लागु गरेको छ ।

बरथवा नगरपालिका–५ को चक्र जनता शहिद गंगा माविमा भने प्रविधिको पहुँच पुगेको छ । नगरपालिकाले वैकल्पिक प्रविधिको प्रयोग गर्दै सिकाईलाई निरन्तरता प्रदान गर्न आग्रह गरेको छ भने विद्यार्थी पनि अनलाइन विधिबाट गरिएको पठनपाठनमा सहभागी भएका छन् । विद्यार्थीले आफूले नजानेका कुरा सम्बन्धित विषयगत शिक्षकलाई भर्चुअल तथा फोन र एसएमएस विधिबाट सिकिरहेको बताएका छन् ।

टोलटोलमा रहेका विद्यार्थीको समूह बनाएर शिक्षकसँग सम्पर्क स्थापित गरिएको छ । सिकाइलाई निरन्तरता दिन स्थानीय सरकार, सिकाइ निरन्तरता अभियान, नेपाल शिक्षक महासंघ, विद्यालय व्यावस्थापन समिति महासंघ र युनिसेफको विशेष पहल पनि भइरहेको छ । टोल टोलमा बनाइएका अभिभावक समूहले आफ्ना नानीबाबुहरु पढे–नपढेको सम्बन्धित विषयगत शिक्षकलाई जानकारी गराउने गरेका छन् ।नगरपालिकाले थालेको सिकाइ निरन्तरता अभियान थप प्रभावकारी भएको बरथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतोले बताए । उनका अनुसार सबै विद्यार्थीसँग स्मार्ट मोबाइल नहुँदा केही समस्या भएपनि शिक्षकहरु टोलटोलमा गए अनुगमन गर्दै आउका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन