ताजा अपडेट »

माधव नेपाल पक्षको स्थायी कमिटी जारी

विहीबार, १७ असार २०७८, १४ : २३
12 Shares

काठमाडौँ । एमाले वरिष्ठ नेता माधव नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन्। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरू भएको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको निर्णयबारे छलफल हुने बताइएको छ।

बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थिए। ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। तर वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुले भने बैठकमा नजाने प्रतिक्रिया दिइसकेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।