१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । लुम्बिनी प्रदेशमा यो वर्ष करिब ४६ प्रतिशत रोपाई सकिएको छ । प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षत्रफल मध्ये १ लाख ५३ हजार ३ दशमल ५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।

Advertisement

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । यो तथ्याङ्क असार ११ गतेसम्मको हो । यहि अवधिमा गत वर्षको तुलनामा रोपाई कम भएको छ । गत वर्ष ४८ दशमलव २ प्रतिशत रोपाई सकिएको थियो ।

लुम्बिनीको रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाई सकिएको छ । जिल्लामा धान खेती हुने ४ हजार ८९० हेक्टर क्षत्रफल मध्ये ४ हजार ४०१ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । यसैगरी प्युठानमा ८० प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफल मध्ये ४ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । बर्दिया र रुकुम पुर्वमा ६३ प्रतिशत रोपाई सकिएको छ । मन्त्रालयको असार ११ गतेसम्मको तथ्याङ्क अनुुसार गुल्मीमा सबैभन्दा कम ७ प्रतिशत रोपाई भएको छ । धान खेती हुने कुल १० हजार २४६ हेक्टर क्षेत्रफल मध्ये ८३९ हेक्टरमा मात्रै रोपाई सकिएको हो ।

लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष २४ दशमलव ९ प्रतिशत मात्रै रोपाई सकिएको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २ दशमलव ८ प्रतिशतले कमी हो । गत वर्ष यही अवधिमा २७ दशमलव ७ प्रतिशत रोपाई सकिएको थियो । जिल्लामा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल मध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । यो अवधिसम्म यस वर्ष १७ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा कपिलवस्तुपछिको धान खेती हुने दोस्रो जिल्ला रुपन्देहीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाई सकिएको थियो । जिल्लामा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिन मध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको थियो । यो वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

धान खेती हुने मूख्य जिल्लाहरु मध्येकै तराईको जिल्ला दाङमा ६० प्रतिश रोपाई सकिएको छ । जिल्लामा हालसम्म २३ हजार २२६ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष भने ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो ।

यसैगरी नवलपरासीको सुस्ता पश्चिममा यो वर्ष ६० प्रतिशत रोपाई सकिएको छ । कुल १३ हजार ९०५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । जिल्लामा २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ । पाल्पामा ३० दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने कुल ९१०० हेक्टर क्षेत्रफल मध्ये २ हजार ७९७ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । यसैगरी लुम्बिनी प्रदेका जिल्लाहरु खर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाई सकिएको छ ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ बालिका विकास अधिकृत सालीग्राम गौतमका अनुसार यो हप्ताको अन्यसम्ममा प्रदेशमा ६० देखि ६५ पैतिशतसम्म रोपाई सकिने अनुमान गरिएको छ । मौसमले यसगरी साथ दिएको अवस्थामा साउनको पहिलो हप्तासम्ममा रोपाई सकिने छ । ‘मनसुनले साथ दिएका कारण आकाशे पानीको भर पर्नु पर्ने सुख्खा ठाउँहरुमा पानि रोपाई भइरहेका छन् ।’-गौतमले ग्लोबल आवाजसँग कुरा गर्दै भने, यही अवस्था रह्यो भने रोपाई छिटो नै सकिन्छ, उत्पादनमा पनि वृद्धि हुने अवस्था देखिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ