६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । रुपन्देहीको बुटवल–११ अवस्थित एम्स स्कूलले विद्यार्थीहरुलाई स्थानान्तरण हुन नदिएको भन्दै अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुको शैक्षिक शुल्क धान्न नसक्ने भएपछि अन्यत्र लैजान भन्दै अभिभावकहरुले स्थानान्तरणका लागि सिफारिस तथा विद्यार्थीको नतिजासहितको प्रमाणपत्र माग्दा विद्यालयले दिन अस्वीकार गरेको हो ।

Advertisement

अभिभावकहरुको आग्रहलाई अस्वीकार गर्दै विद्यालयले विद्यार्थीको संख्या कम हुनेभएपछि अन्यत्र नजान अभिभावकहरुलाई दबाब दिएको एक अभिभावकले सुनाए । असार १३ गते आइतबार विद्यार्थीको स्थानान्तरणका लागि सिफारिस माग्न पुगेका अभिभावकहरुलाई विद्यालयले आलटाल गर्दै भोलि (सोमबार)का लागि छलफल गर्न विद्यालयमा बोलाए पनि विद्यालयका शिक्षक तथा कर्मचारीहरु सम्पर्क विहिन भएको नाम नबताउने सर्तमा एक अभिभावकले गुनासो गर्दै भने ।

विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले सोमबार आफूहरुलाई छलफलका लागि बोलाए पनि विद्यालयमा पुग्दा उपस्थित नभएको अर्का पीडित अभिभावकले सुनाए । ‘हामीले दिनभर विद्यालयमा कुर्यौं, उहाँहरु आउनु भएन, विद्यालयका गार्ड बाहेक कोही पनि थिएनन् ।’–गुनासो गर्दै पीडित अभिभावकले भने–‘कलास टिचर सरले फोन उठाउनु भएन, प्रिन्सिपल सरले पनि फोन उठाउनुभएन, फोन गरिराखेपछि प्रिन्सिपल सरले फोन नै अफ गर्नुभयो ।’ पीडित मध्यकै अर्का अभिभावक बुद्धी प्रसाद ज्ञवालीका परिवारले पनि विद्यालयले स्थानन्तरणको अनुमति नदिएकोप्रति दुःख व्यक्त गरेका छन् । छलफलका लागि बोलाएका शिक्षकहरु नै स्थानान्तरणको अनुमति दिनुपर्छ भनेर सम्पर्क विहिन भएपछि उनीहरु खालीहात घर फर्कनु परेको छ ।

यस विषयमा प्रतिक्रिया लिनका लागि विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मालाई सम्पर्क गर्दा उनको मोबाईल अफ गरिएको थियो । यसैगरी एम्स कलेका क्याम्पस प्रमुख गोपाल न्यौपानेले भने विद्यार्थीको स्थानान्तरणमा रोक नलगाइने बताएका छन् । सोमबार विद्यालयका शिक्षक तथा कर्मचारीहरुको अन्य ठाउँमा काम परेका कारण विद्यालयमा उपस्थित नभएको प्रतिक्रिया जनाए ।

विद्यालयले स्थानान्तरणको सिफारिस नदिएपछि बुटवल उपमहानगरपालिका अभिभाबकहरुले उजुरी दिन पुगेका छन् । उपमहानगरका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले अभिभावकहरु गुनासो लिएर आएको र उनीहरुको माग जायज भएको उल्लेख गरे । उजुरी आएलगत्तै उपमहानगरले अनुगमन टोली पठाएको बताए । अनुगमन तथा छानविनपछि आवश्यक कारबाहीलाई अगाडि बढाइने उनले बताए । (यसअघि प्रकाशित समाचारको तस्वीरमा अन्यथा भएकोमा सच्याइएको छ ।) –सम्पादक

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार