Jun 8, 2023
बुटवल । राष्ट्रिय शक्ति नेपाल अभियान,रुपन्देहीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको बताएको छ । अभियानले शनिबार बुटवलमा ‘नेपालको संविधान–२०७२’ खारेज हुनुपर्छ ,राष्ट्रिय शक्ति नेपालले राख्दै आएको राजसँस्थाको पुनर्बहाली गर्नुपर्छ’ भन्ने नारासहित विरोध गरेको थियो । बुटवलको ट्राफिक चोकबाट निकालिएको कार तथा मोटरसाइकल र्यालि,राजमार्ग चौराहा परिक्रमा गरी मिलनचोक पछाडिको नयाँ सडक हुँदै हाट बजारबाट पुल्चोक निस्केर गोलपार्क पुग्दा प्रहरीले प्रदर्शनकारीलाई रोकेको राष्ट्रिय शक्ति नेपाल,रुपन्देहीका केन्द्रिय अभियन्ता निलम अधिकारीले बताए ।
प्रहरीले माथिको आदेश भन्दै प्रदर्शनलाई बिथोल्दै ब्यानर जफत गरेको , गाडीबाट नेपालको राष्ट्रिय झण्डा समेत खोलेको र माइकिङ बन्द गरी प्रदर्शन तथा सभालाई स्थगित गरेको अर्का केन्द्रिय रुपसिंह थापाले बताए । शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले हस्तक्षेप गर्दै बिथलेकोप्रति अभियानमा आपत्ति जनाएको छ । ‘कुनै एक पक्षधरलाई सम्मान गरी सो बारे स्वतन्त्र र शान्तिपूर्ण तवरले आवाज उठाउँदा प्रशासनले गरेको रोक असंवैधानिक र अस्वभाविकका साथै वाक स्वतन्त्रता विरुद्ध छ । हामी यसको निरन्तर विरोध गर्दछौं ।’ केन्द्रिय अभियन्ता अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस्