ताजा अपडेट »

वाइल्ड इन्टेरटेन्मेण्टद्वारा मेलम्चीका बाढी प्रभावितलाई सहयोग

शनिबार, १२ असार २०७८, २२ : ०७

बुटवल । वाइल्ड इन्टरटेन्मेण्ट, काठमाण्डुले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । कम्पनीले शनिबार हेलम्बुनै पुगेर ११० परिवारलाई ब्लाङ्केट, ओछ्याउने म्याट, साबुन, सेनिटाइजर, पिउने पानी, हर्पिक लगायतका सामग्री हस्तान्तरण गरेको हो । दिल श्रेष्ठ र सावित्री खत्रीको नेतृत्वमा गएको राहत वितरण टोलीले हेलम्बुका प्रभावित परिवारका लागि मेलम्ची नगरपालिकाका नगर प्रमुखलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

वाइल्ड इन्टरटेन्मेण्टका अध्यक्ष,अमेरिका बस्दै आएका दिल श्रेष्ठ,उनका साथीहरु र वाइल्ड इन्टरटेन्मेण्टका अन्य सदस्यहरुको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । राहत सामग्री ग्रहण गर्दै मेलम्चीका नगर प्रमुखले सहयोग गर्ने सम्पूर्ण सहयोगी प्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रममा बोल्दै राहत सहयोग कार्यक्रमकी संयोजक सावित्री खत्रीले सहयोगका लागि संयोजन गर्ने सम्पूर्णमा धन्यबाद प्रकट गर्दै आगामी दिनहरुमा पनि मिलेर सहकार्य गर्न अनुरोध गरिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।