२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । रुपन्देहीका केही निजी विद्यालयहरुले अनलाइन कक्षा शुल्क बाहेक अन्य अतिरिक्त शुल्क विद्यार्थीबाट लिएको भन्दै नेपाल अभिभावक महासंघले त्यसप्रति आफ्नो ध्याकर्षण भएको जनाएको छ । कोरोना महामारी र त्यसपछि सञ्चालन भएका निजी विद्यालयहरुले चर्काे शुल्क लिएको र भौतिक रुपमा विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्यूटर, नृत्य, यातायात लगायतको शुल्क लिएकोप्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्त रुपमै विज्ञप्ती निकालेर निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेका छन् । जारी विज्ञप्तीमा भनिएको छ, एकातर्फ निजी विद्यालयले अतिरिक्त शुल्क लिने र अर्काेतर्फ अघिल्लो कक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई मार्कसिट र चारित्रिक सर्टिफिकेट नदिने तथा आफ्नै विद्यालयमा जवरजस्ती भर्ना गर्न बाध्य बनाउने कार्यले अभिभावक महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।

निजी तथा संस्थागत विद्यालयले नियम विपरित चर्काे शुल्क लिएको र त्यसलाई सच्चाउन पनि महासंघले माग गरेको छ । निजी विद्यालयले उक्त निर्णयलाई नसच्चाए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । नयाँ शैक्षिकसंगै आवश्यक पर्ने पाठ्यपुस्तकहरु सहज र सुलभ रुपमा विद्यार्थीले प्राप्त गर्ने वातावरण मिलाउन समेत महासंघले माग गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि