२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्रप्रसाद कंडेल र संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले निषेधाज्ञा अवधिको घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । कंडेल र न्यौपानेले करिव एक दर्जन व्यावसायिक सटर भाडामा लगाएका छन् । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएको भन्दै भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका हुन् ।

कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर कंडेल र न्यौपानेले भाडा छुटको घोषणा गरेको तिलोत्तमा चेम्बर अफ कमर्शका कार्यालय सचिव रामु सापकोटाले जानकारी दिए । संस्थाको केही दिन अगाडि मात्रै बसेको कार्यसमितिको बैठकले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गरेको थियो । संघको आग्रहपछि कंडेल र न्यौपानेले भाडा छुट दिने निर्णय गरेका हुन् ।

तिलोत्तमा चेम्बर अफ कमर्शले घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ