ताजा अपडेट »

स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि (तालिकासहित)

शुक्रबार, ११ असार २०७८, १५ : ३३
2 Shares

काठमाडौं । कोरोना महामारीको कारण रोकिएका स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि हुने भएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन १० गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।