२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमडौं । चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज)खोप लगाइने तय भएको बताए। साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए । उनले भने, यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ ।

पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?