१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । रुपन्देहीको सैनामैना–६ भरतपुरमा अवस्थित जनकल्याण मावि नगरकै सर्वोत्कृष्ट विद्यालय भएको छ । शैक्षिक गुणस्तर सुधारको कार्यमा उल्लेख्य प्रगति गरेकोभन्दै नगरपालिकाले विद्यालयलाई सर्वोत्कृष्ट घोषणासहित सम्मान गरेको छ । सैनामैना नगरपालिकाद्वारा शैक्षिक गुणस्तर परीक्षण गर्दा विद्यालय शिक्षाको गुणस्तर सुधारको कार्यमा नगरमै सर्वोउत्कृष्ट काम गरेको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

विहिबार भएको ९ औं नगरसभाको अवसरमा विद्यालयलाई नगद २ लाख पुरस्कार राशीसहित सम्मान गरिएको हो । सोही अवसरमा कक्षा ८ को परीक्षामा जिपिए ४ हासिल गर्ने सोही विद्यालयका ३ जना विद्यार्थी र उत्कृष्ट शिक्षकको रुपमा कमला न्यौपानेलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । नगरकै सर्वोत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएपछि प्रधानाध्यापक अर्जुन प्रसाद पोखरेलले विद्यालयको शैक्षिक गुणस्तरलाई कायम राख्दै थप उर्जाशिल बन्ने बताए ।

उनले जनकल्याणको सफलतामा विद्यालय सम्बद्ध सबैको साथ सहयोग र स्नेहका कारण भएकाले सबैमा आभार समेत व्यक्त गरे । सम्मानले व्यबहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्न जनकल्याण माविलाई थप प्रोत्साहन भएको प्रधानाध्यापक पोखरेलले बताए । जनकल्याण माविमा हाल कक्षा ११ र १२ मा कानुन विषयमा अध्यापन गराइदै आएको छ । सैनामैना नगरपालिकाले सैनामैना पर्रोहा परमेश्वर मावि र रामापुर माविलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मानित गर्दै नगद १/१ लाख पुरस्कार राशी प्रदान गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड