Jun 9, 2023
स्याङ्जा । चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ । आज बिहान ५:३० बजे परेको चट्याङका कारण अर्जुन चौपारी गाउँ पालिका १५ बर्षिया रोहित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।
मृत्युकको कोठामा मोबाइल चार्ज गरेको अवस्थामा फेला परेको छ भने उक्त मोबाइल समेत फुटेको अवस्थामा छ । खराव मौसममा मोबाइल चार्ज गरेकै कारण चट्याङ परेको हुनसक्ने अनुमान गरिएको भएपनि यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्