१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

कपिलवस्तु । कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७१ लाख ५४ हजार ९ सय ६३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । विजयनगरले बिहीवार नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

Advertisement

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सकेको बताएकी छन् । गाउँपालिकाको बाटो राजमार्गसम्म कालोपत्रे जोड सफल भएको बताइन्। गाउँपालिकालाई धुलो र हिलो मुक्त पालिका घोषणा गर्ने गरी आगामी आर्थिक वर्षमा बाँकी कामहरु गर्न प्रस्ताव गरिएको उपाध्यक्ष चौधरीले बताइन्।

‘छोरी बचाउँ, छोरी पढाउ’ अभियान अन्तर्गत छोरी शिक्षाका लागि गाउँपालिकाले जिम्मेवारी समेत लिएको छ । एक वडा एक बिउँ बैँ स्थापना गर्ने, स्थानीय माटो, बालीनाली अनुसार उत्पादन गर्ने, सिँचाई व्यवस्था, कृषि विकासलाई आधुनिक प्रणालीमा रुपान्रण गरी आत्मनिर्भर बनाउने, युवा रोजगारी, पशु व्यवसाय, पर्यटन प्रवद्र्धन, निशुल्क स्वास्थ्य गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने, आवश्यकता अनुसार बर्थिङ सेन्टरको संख्या बढाउने, बालमैत्री वडा घोषणा, गाउँपालिकामा सेवाका लागि सहायता कक्ष सञ्चालन, नक्सा पासको व्यवस्था, छानो मुक्त पालिका घोषणा गर्ने लगायत नीति तथा कार्यक्रममा राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कोभिड १९ संक्रमणबाट जनताको जीवन रक्षा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताएका छन् । उनेले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइको बताए । यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्नेम जोड दिएको अध्यक्ष थापाले बताए।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे