ताजा अपडेट »

कपिलबस्तुको कृष्णनगर नगरपालिकाको ८३ करोडको बजेट सार्वजनिक

विहीबार, १० असार २०७८, २१ : ३८
6 Shares

कृष्णनगर । कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । बिहीबार कृष्णनगर नगरपालिकाको छैंठो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएको छ ।
आ.ब. ०७८/०७९संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, मौजदात रकम र ३ करोड आन्तरिक आय लागत सहभागिताबाट ८३ करोड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएको प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताए ।

यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पूर्वाधार र केही बहुवर्षिय योजनाहरुमा बजेट बांडफांट गरिने नगरप्रमख रजत प्रताप शाहले बताए । उनले अबको योजना कार्यक्रममा समाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।