१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

दाङ । जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरेका छन् । तुलसीपुरले ३ अरब बढी र घोराही उपमहानगरले २ अरब बढि बजेट सार्वजनिक गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा बिहीबार उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर सबैका लागि, सधैँका लागि’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरिन । उनले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताइन् ।

Advertisement

बजेट प्रस्तुत गदै उनले आन्तरिक श्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँडबाट २ अरब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँडबाट ९ करोड, ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरूबाट प्राप्त रकम २ करोड २५ लाखसमेत जम्मा आय २ अरब १७ करोड ९६ लाख १५ हजार आय हुन गई १ अरब २ करोड न्यून आय हुन गएको रकम मध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुवर्षीय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरिएको बताइन् ।

यस्तैगरि पूँजीगततर्फ नगर र वडा स्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित बजेट विनियोजन गरिएको छ । यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी चालुतर्फ प्रशासनिक खर्च र अन्य सञ्चालन खर्च लगायत कार्यक्रम खर्चतर्फ १ अरब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ । यसैगरी वित्तिय खर्च तर्फ २ करोड १० लाख विनियोजन गरिएको छ । उल्लेखित बजेट आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेटको तुलनामा २५ प्रतिशत र २०७८ जेठ मसान्त सम्मको खर्चको तुलनामा ६० प्रतिशतले बढी रहेको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष लागि २ अरब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौँ नगरसभामा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि विकास तर्फ १ अरब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालु तर्फ १ अरब १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उपमहानगरले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबद्र्धन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरि सामाजिक विकास अन्तरगत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

स्वास्थ्यतर्फ जनस्वास्थ्य प्रवद्र्धनका लागि ११ करोड ४१ लाख, कोरोना सङ्क्रमितको उपचार, व्यवस्थापन र मृत्यु भएका परिवारलाई आर्थिक सहयोगका लागि १ करोड ८० लाख विनियोजन गरेको छ । त्यस्तै शिक्षा तर्फ स्नातक तहका अन्तिम वर्षका जेहनदार विद्यार्थीलाई पेड इन्टर्नसिप कार्यक्रमका लागि १० लाख, युवा तथा खेलकुदका लागि २५ लाख, डाक्टर र इन्जिनियर पढाउनका लागि १६ लाख, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांग दलित, मुस्लिम, पिछडावर्ग, मुक्त कमलरी, द्धन्द्ध पीडितहरूको उत्थानका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, आर्थिक विकास अन्तरगत ४ करोड ६० लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकास तर्फ सडक पिच, ग्राभेल तथा बाट स्तर उन्नतिका लागि ४६ करोड १० लाख, भवन निर्माणका साढे ५ करोड, सिँचाइका लागि ४ करोड ६५ लाख, पुल कल्भर्टमा २ करोड ४० लाख, पर्यटन पू्र्वाधार तर्फ १ करोड ३४ लाख, विद्युत बिस्तारका लागि ९३ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी, सरसफाइ तर्फ १ करोड ५ लाख ५० हजार, खरको छानो बिस्थापित लागि साढे २ करोड, विपद व्यवस्थापन कोषमा एक करोड, जोखिम युक्त जलाशय तारबार, हरियाली प्रबद्र्धन, भूक्षय रोक्ने जस्ता कार्यक्रमका लागि ६ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै लमही नगरपालिकाले १ अरब ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । संघीय वित्तिय समानीकरण अनुदान, संघीय राजश्व बाँडफाँड, प्रदेश वित्तिय समानीकरण अनुदान, प्रदेश सवारी कर बाँडफाँड, आन्तरिक आय लगायत गरी १ अरब ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरेको उपप्रमुख देवका बेल्बासेले बताइन् । संघीय वित्तिय समानीकरण अनुदान १५ करोड ११ लाख, संघीय राजश्व बाँडफाँड अनुदान ११ करोड १५ लाख ६७ हजार, संघीय सशर्त अनुदान २८ करोड ८० लाख, संघीय विशेष अनुदान ८३ लाख, प्रदेश वित्तिय समानीकरण अनुदान ७१ लख ५७ हजार, प्रदेश सवारी साधन कर बाँडफाँड अनुदान २ करोड ६९ लाख ९१ हजार ५ सय ७८, प्रदेश सरकार रोयल्टी ४० हजार २९, प्रदेश सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदान ७० लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड, आन्तरिक आय ३४ करोड ४३ लाख ५० हजार, लमही अस्पतालको आन्तरिक आय २ करोड ८१ लख ८९ हजार र बैंक मौज्दात ८ करोड गरी जम्मा १ अरब ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

त्यस्तै बंगलाचुली गाउँपालिकाले ६१ करोड २७ लाख ६६ हजारको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले शिक्षा, लैङ्गिक समानता तथा सामाजिक सशक्तीकरण, स्वास्थ्य, पूर्वाधार, आर्थिक विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ । गाउँपालिकाले पुँजीगत तर्फ ३१ करोड ४५ लाख २२ हजार अर्थात ५१ प्रतिशत र चालु तर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षामा ५ करोड सहित २९ करोड ८२ लाख ४४ हजार अर्थात ४९ प्रतिशत गरी जम्मा ६१ करोड २७ लाख ६६ हजारको बजेट पेश गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो