ताजा अपडेट »

धुर्कोट गाउँपालिका : चार वर्ष अघि र अहिलेको परिवर्तन

विहीबार, १० असार २०७८, २० : २७
66 Shares


गुल्मी । मुलुकमा संघीय संरचना कार्यन्वयनमा आएपछि–२०७४ सालमा हामी गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयको चहल–पहल हेर्न स्थानीय तहको निर्वाचन नहुँदै संञ्चालनमा आएको गाउँपालिका केन्द्र वोरबोट पुग्ने क्रममा तम्घासबाट सेउवासम्म त सजिलै मोटरसाइकलमा पुगियो तर सेउवा , सिमाहघाट देखि जैसीथोक हुँदै वरबोट पुग्न बाटोको अवस्था विजोग भएका कारण बडो मुस्कील परेको थियो ।

सिमाहघाट खोलाको उकालो लागे पछि बाईक चलाउने साथी त जसोतसो बाईक मै हिडे तर हामी पछाडी बस्ने दुई जना ठाउँ ठाउँमा ओर्लिदै हिड्दाको थकाईले थला पार्ने बनाएको थियो । जसोतसो पुगियो जैसीथोकको पञ्चायन मावि रहेको स्थानसम्म । पहिलै देखि होटल गरेकी गोमा बहिनी संग सोधियो अहिले बनेको धुर्कोट गाउँपालिका बसेको ठाउँ कहाँ हो भनेर । उनले बताएको ठाउँ सम्म पुग्न हामीलाई दुरा–देश जस्तै लाग्यो । पानी परेको थियो । त्यहाँबाट नजिकै रहे पनि त्यस भन्दा अलि अगाडीको उकालो र हिलाम्मे हुँदा तम्घासबाट त्यहाँसम्म आएको समय जति नै त्यही खर्चिनु पर्यो ।

त्यहाँबाट बल्ल तल्ल धुर्कोट गाउँपालिकाको केन्द्र बर्वोटमा पुग्दा कोट पाईन्ट , टोपी र टाईमा सजिएका त्यस पालिकाका प्रथम प्रमुख प्रशासकिय अधिकृत होमनाथ काफ्ले गोठ बाहिर उभिएका थिए । परिचय पश्चात हामीलाई शब्दले स्वागत गर्दै त्यसै गाई गोठमा रहेको आफ्नो कार्यकक्षमा छिराए उनले । साँघुरो कोठा थियो काठले बारबुर गरेर बनाईको कोठामा उत्तरतर्फ एउटा झ्याल जस्तो बनाईएकोले उज्यालै थियो ।
त्यही गोठमा अर्को पाटेशन गरेर महिला तथा बालबालिका विकास कार्यालय थियो । त्यस गोठको अगाडीको जिर्ण घरको पछाडीको दलानमा योजना फाँट थियो । अगाडी ढोका भित्र पसे पछि प्रशासन फाँट , कुनै समय त्यस घरको चुलो र पँडेल्ने बनेको भित्री कोठामा लेखा फाँट थियो । सेवाग्राहीलाई बस्ने–ओतिने कतै ठाउँ थिएन । गाउँपालिकाबाट सेवा लिन आएका जनता कोही दलानमा र कोही आँगनमा टुक्रुक्क बसेको देखिन्थ्यो ।

जति बेला त्यस नवगठित गाउँपालिकामा आएका धेरै जसो जनता भुकम्प पीडित थिए । जिल्लामा धाउँदा धाउँदा हिडाई र खर्चले हैरान भएका उनीहरुलाई त्यस गाउँपालिका साँच्ची कै सिंहदरवार बनेर आएको उनीहरुलाई महशुस भएको उनीहरुको चेहरा र दुखेसोले महशुस गर्न सकिन्थ्यो । त्यस माथी पत्रकारहरु समेत त्यहाँ पुगे पछि आफुहरुको पहुँच सहज भएको उनीहरुले सुनाएको समस्याले प्रतित हुन्थ्यो ।
हामी त्यस गाउँपालिकामा पुगेको विहानीको भात खाने बेला भई सकेको थियो । हाम्रो कम्जोरी के भयो भने हामीले तलै गोमा बहिनीको होटलमा खाना खाएर आउनु पर्दो रहेछ तर, त्यसो गरिएन । गाउँपालिकाको केन्द्रमा पुगेको केहि बेर पछि हामीलाई भोकले सतायो तर चाउचाउ पकाएर खाने एउटा सानो चिया पसल सम्म थिएन । तिर्खा लागेर पानी खोज्दै जाँदा अलि पर एउटा घरमा पानीको सट्टा मही नै पिउन पाइयो ।

फर्केर आएर त्यस गाउँपालिका कार्यालयको त्यो हरिविजोगको सबैतिर फोटो खिचियो तर, गोठमा कार्यालय रहेको फोटो नखिच्न प्रमुख प्रशासकिय अधिकृत काफ्लेले आग्रह गरे । कारण थियो गोठमा प्रमुख प्रशासकिय अधिकृतको कार्यालय लाजको मर्नु हुन्छ भन्ने उनको भनाई थियो । त्यो दृश्यको तस्वीर , भिडियो अहिले पनि हामी संग सुरक्षित छ । त्यो भन्दा पनि बढि हाम्रो मानसपटलमा ताजै छ ।

गाउँपालिका कार्यालय ब्यवस्थापनमा काफ्लेले निकै मेहनत गरेका थिए । उनि पछि टोपलाल भुसाल , लोकहरि थापा , मधु घिमिरेले पनि त्यसै गोठको कार्यकक्षमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवासी सम्हालेका थिए । उनीहरुको मेहनत पनि अहिले गाउँपालिका चौथो बर्ष प्रवेशको अवसरमा सम्झना लायक छ । हालका प्रमुख प्रशासिकय अधिकृत काँशीराम पन्थीले त गाउँपालिकाको भवन निर्माण देखि तिब्र भौतिक विकासको काममा सहभागी हुँदै आएका छन् ।

धुर्कोट गाउँपालिका वाग्लाकै वासीन्दा हुन उनि । घरमा कम गएर रातको समयमा समेत खट्दै आएका छन् उनि । लुम्विनी प्रदेश मुख्यमन्त्री कार्यालय तथा मन्त्री परिषदको कार्यालयबाट २०७५ साल चैत्र २० गते धुर्कोट गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका पन्थी पनि तिन महिना सम्म त्यसै गोठको कार्यकक्षमा बसे । उनी आएको तिन महिना पछि २०७५ को असार महिनामा गाउँपालिका आफैले बनाएको आलिशान महलमा सरे । पालिका आफैले भवन बनाएर सरेको त्यति बेल लुम्विनी प्रदेश मै पहिलो थियो ।

त्यस गाउँपालिकाको केन्द्र त्यहाँ बस्स्ला , अहिले जस्ता बजारिकरण होला भनेर धेरै जसो त्यहाँँका कोहिी कसैले कल्पना गरेका थिएनन । बिशेष गरि खानेपानी कै समस्याले त्यो गाउँ बसाई सराईले रित्ते भई सकेको थियो । गाउँपालिका रहेको त्योा घर पनि बसाई सराई गरेकाहरुले खाली गरेका कारण गाउँपालिकाले बास पाएको थियो । त्यस पछि हामी स्थानीय तहको निर्वाचनताका र सम्पन्न भई सके पछि त्यहाँ पुग्यौं ।

चुनावताका कसैले पनि त्यस गाउँपालिकाको वडा कुन हो भनेर हेक्का नराखेका कारण साविकको गाविस कै कै नाम लिन्थे । अधिकांस जमिन बाँझो र घरमा लेउ लागेको थियो । त्यति बेला हामीले एक समयकोा स्याल भुक्ने झाडी अहिले धुर्कोट गाउँपालिकाको केन्द्र बर्वोेट भनेर समाचार लेख्दा गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीको चित्त दुखेछ र गुनासो गर्दै थिए । चुनाव भयो र अन्ततः नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले चुनाव जित्यो । माओवादीबाट भुपाल पोखरेल अध्यक्ष र कांग्रेसबाट शिबहादुर खत्री उपाध्यक्षमा निर्वाचित भए ।

पालिकाले सपथ ग्रहण समारोह राख्यो । त्यसै कार्यालय रुपी घरको आँगनमा माथी त्रिपाली टाँगेर सपथ ग्रहण गराईएयो । त्यस पछि कार्यभार सम्हाल्न अध्यक्ष र उपाध्यक्ष आँटीतिर चढे । दुई अलग अलग साँगुरो कोठाको कुर्चिमा गएर कार्यभार सम्हाले । कार्यभारको फोटो खिच्न सबै पत्रकार एकै साथ पस्न सक्ने अवस्था थिएन । साँगुरो भएका कारण एक एक जना पसियो । उनीहरुले जिम्मेवारी सम्हल्दा उनिहरुले गरेको पहिलो निर्णय थियो पाँच बर्ष भित्र खरको छानामुक्त धुर्कोट गाउँपालिका बनाउने । जुन निर्णय देशभर मै पहिलो थियो । जेहोस् छाडेर हिडे पनि भाग्यमानी घर रहेछन् त्यस घरका मानिसहरु । जुन घरमा धुर्कोटको पहिलो सरकार प्रमुख र उपप्रमुले जिम्मेवारी सम्हाले र बर्षऔं पछि सिंगारियो अनि त्यस घरको अगाडी राष्ट्रिय झण्डा फर्फरियो ।

एकपछि अर्को सफलताको यात्रा
कुनै पनि क्षेत्रमा काम गर्नु भन्दा पहिला काम गर्ने मान्छेको ब्यवस्थापन , काम गर्ने योजनाको पहिचान र ठिक ढंगसंग जनशक्ति परिचालन मुख्य कुरा हो भन्ने कुरा धुर्कोट गाउँपालिकाले जिल्ला मै सबै भन्दा बढि फड्को मारेको विकास कार्यबाट सिक्न सकिन्छ र सिक्नु पर्दछ । अर्को कुरा कुनै पनि तहको सरकार विपक्षीहरुको दवावमा नपरि स्वतन्त्र पुर्वक र विवेक पुर्ण तरिकाले काम गर्न पायो भने उसले जनताको आशा र अपेक्षा पुरा गर्न सक्छ भन्ने कुराको उदाहरण पनि हो धुर्कोट गाउँपालिका ।

कार्यभार सम्हाले कै पहिलो बर्ष सय सिट क्षमताको सभाहल निर्माण ग¥यो । जुन जिल्ला मै पहिलो थियो । प्रथम गाउँसभाले ‘एक घर एक धारा कार्यक्रम’ अगाडी सा¥यो । गाउँपालिकाले आफ्नै भवन बनाउने लगायतका महत्वपुर्ण निर्णयहरु गरियो । नभन्दै जिम्मेवासी सम्हालेको दुई बर्ष मै तिन तले १५ कोठे भब्य भवन , अर्को ८ कोठे प्रशासनिक भवन सम्पन्न गरियो । सुन्दर पार्क , ग्यारेज , गाउँपालिका सम्म आउने मोटरबाटो , पैदल हिड्न चाहनेलाई रेलिङ्ग सहितको मनोरम भ¥याङ्ग बनाईयो । गाउँपालिकाको केन्द्र सेरोफेरोको सडक पिच गरियो ।

गाउँपालिकाले सामुदायिक रेडियो धुर्कोट सञ्चालन गर्न बेग्लै भवन बनाउन सहयोग ग¥यो । अहिले धुर्कोट गाउँपालिकामा आफ्नै रेडियो घन्किदै आएको छ । गाउँपालिकाको टापुमा प्याडोगा शैलीको बिशाल र सुन्दर शहिद पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । जहाँ सहिद सम्शेरबहादुर खत्री सहितका धुर्कोटे सहिदहरुको शालिक राखिने छ ।

पारि ऐतिहासिक धुर्कोट कोटमा जाने जिर्ण बाटो थियो उति बेला । अहिले उहि सम्म पुग्ने मोटरबाटो खनियो । तलबाट माथी कोट सम्म पुग्ने रेलिङ्ग सहितको सिढी चिनेर शौन्दर्यता थपिएको । जहाँ प्यागोडा शैलीको मन्दिर र संग्राहलय निर्माण समेत गरिएको छ । पानीले हाँहकार भएर बसाई सराई गरेको ठाउँ धुर्कोटमा अहिले ३१ हजार १३ घुरधुरीमा एक घर एक धारा पुगेको छ । कुल ५४ सय घरधुरी रहेकोमा अब २४ घरधुरीमा पुराउन बाँकी रहेको र चालु आर्थिब बर्षमै खरको छाना रहित गाउँपालिका धुर्कोट घोषणा गर्ने तयारी रहेको त्यहाँका जनप्रतिनिधीहरुले बताएका छन् । ६ सय १५ घरधुरी खरका छाना फालेर निलो टिनको पाताले घर छाएर ठाउँ ठाउँमा सुन्दर टोल बनाईएको छ।

वाग्ला आप्राको दलित वस्तीको हिजोको अवस्था र आजको अवस्था नियाल्दा परिवर्तनको एथेष्ट प्रमाण हो त्यो निकै सुन्दर बनेको छ त्यो टोल । सुरुमा बनाईएको सभाहल पछि अर्को भब्य ४ सय सिट क्षमताको प्यागोडा शैलीको बहुउद्देश्यीय सभाहल निर्माण गरिएको छ । जुन हेर्नकै लागि अहिले देखि नै मानिसहरुको भिड लाग्ने गरेको छ । त्यस नजिकै सुन्तलाको गाउँ नयाँगाउँ , पिपलधारा , हाडहाडे र धुर्कोटलाई लक्षित गरि चिस्यान केन्द्र बनाईएको छ । जहाँ बाह्रै महिना सुन्तला खान र किन्न पाईन्छ । गाउँपालिका सेरोफेरो मै बिशाल खेल मैदान , भब्य कभर्डहल , त्यस माथिको टापुमा ऐतिहासिक मन्दिर क्षेत्र पर्यटन भित्राउने गरि सजाईएको छ ।

गाउँपालिका बसे लगत्तै वर्बोटममा बजारिकरणको तिब्र बिकास भएको छ । धमाधम पक्कस् घर बन्न सुरु गरेका छन् । हिजो त्यही गाउँ छाडेर शहरतिर हिडेकाहरु प्नि गाउँ फर्केर घर बनाउन सुरु गर्दै छन् । सुविधा सम्पन्न होटल , बैंक तथा वित्तिय संस्थाहरुले सेवा दिई रहेका छन् । पारी कोटबाट नियाल्दा अहिले सिंङ्गारिएकी बेहुली झै सुन्दर वस्ती बनेको छ । हामीलाई स्मरण छ गुल्मीमा माओवादी केन्द्रले आफ्नो पाटीको तर्फबाट स्थानीय तहको संरचना प्रसात गर्दा गुल्मीमा १४ वटा स्थानीय तह प्रस्ताव गरेको कुरा । सो पार्टी केन्द्र पनि तोकेको थियो । त्यति बेला उसले केन्द्र बर्वोट तोक्दा खिसीटिप्री गर्नेहरु पनि थिए ।

आखिर त्यही केन्द्र भएरै छाड्यो । अहिले ७ वटै वडाहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण भएका छन भने भने ति सबैमा चौबिसै घण्टा प्रशुती सेवा उपलब्ध गराईदै आएईएको छ । , धुर्कोट प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर सहित सबैखाले सुविधा उपलब्ध छ । प्रशुती सेवाका लागि धुर्कोटवासी सदरमुकाम धाउने अवस्थाको अन्त्य भएको छ ।

प्रत्येक वडामा एक एक वटा र गाउँपालिकामा एक सहित ८ वटा एम्वुलेन्स सेवा सञ्चालनमा छन् । १५ शैयाको आधारभूत अस्पताल निर्माणको चरणमा छ । बर्षेनी जेष्ठ नागरिकको सम्मान गर्दै उनीहरुलाई साथी रेडियो उपलब्ध गराईएको छ भने सहाराका रुपमा लठ्ठी दिईएको छ ।
बालबालिकाको पोषणका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याईएको छ । बाख्रा विकास परियोजना सञ्चालन गरेर महिलाहरुलाई आत्मानिर्भर बनाउँदै र धुर्कोट मासुमा आत्मानिर्भर भई सकेको छ । अण्डा र दुधमा पनि आत्मानिर्भर भई अन्यत्र निर्यात पनि गर्न थालिएको छ । बाँझो जमिन नराख्न उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रमलाई जोड दिदै आईएको छ । धुर्कोट गाउँपालिकाको तिन बर्षे कार्यकाल भित्रै विद्यालयका ९६ वटा कोठा थप गरिएको छ । जिल्ला मै पहिलो पटक कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्क्रममा पढाई सञ्चालन भई रहेको छ ।

त्यस गाउँपालिका हिजो कस्तो थियो र आज कस्तो भईरहेको छ । पहिला पढौ धुर्कोट गाउँपालिकाको प्रथम गाउँ सभामा पेश गरिएको नीति तथा कार्यक्रम । त्यस पछि र आर्थिक बर्ष २०७८÷०७९ को असार ७ गते सम्पन्न चौथो गाउँसभामा पेश भएको नीति तथा कार्यक्रम पनि वढौं । त्यस पछि स्वतः पछिल्लो चार बर्षमा छर्लङ्ग देखिने विकासको चित्र आफै बोल्ने छ । र, धुर्कोट गाउँपालिकाका सकल जनप्रतिनिधी , राष्ट्र सेवक कमचारी , स्थानीय राजनैतिक दल, विभिन्न क्षेत्रका समाज सेवीहरुको योगदानको परिणाम पनि झल्कीने छ । प्रत्येक वडा स्तरका सडक धेरै जोि ग्रावेलिङ्ग , र केहि ग्रावेलिङ्गको चरणमा छन ।

वडा भित्रका भित्रि सडकहरु अधिकांस बाह्रै महिना सञ्चालन आउने भएका छन् । सुरुको त्यो बर्ष हामी पुग्दाको बेहाल त्यो सडक अहिले चौडा पार्दै ग्रावेलिङ्गसंगै कालोपत्रे निर्माणको चरणमा छ । शैक्षिक क्षेत्र सुधार पनि राम्ररी भएको छ । विकास निर्माणमा जनशक्तिको प्रयोगले मजदुर वर्गले रोजगारी पाई रहेका छन ।

ब्यवसायिक कृषि र पशुपालनबाट कृषकहरुको आयाआर्जनको बाटो खुलेको छ । हेफर ईन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा त्यस पालिकाले सञ्चालन गर्दै आएको बाख्रा उद्यम विकास परियोजनाले त महिलाहरुमा साँच्ची कै एउटा जागर ल्याएको छ र उनीहरुलाई आत्मानिर्भर बनाई सकेको छ । आशा गरौं धुर्कोटको पहिलो स्थानीय सरकारको आगमी कार्यकाल पनि सफल हुने नै छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार