ताजा अपडेट »

रहेनन् गुल्मीका समाजसेवी शाक्य

विहीबार, १० असार २०७८, १५ : ०१
6 Shares

गुल्मी । गुल्मी जिल्लाले एक जना समाज सेवीलाई गुमाएको छ । नेपाली कांग्रेस मुसिकोट नगर कार्य समिति सभापति समेत रहेका समाज सेवी सुदर्शन शाक्यलाई गुल्मी जिल्लाले गुमाएको हो ।

शाक्यको ५३ बर्षको उमेरमा विहिवार विहान ४ बजेको समयमा निधन भएको छ । पाँच दिन अघि स्वास्थ्यमा समस्या आए पछि सभापति शाक्यलाई बुटवलको गौतम बुद्ध मुटु अस्पलामा लगिएको र विहान ४ बजेको समयमा उपचारकै क्रममा हृदयघात भई उनको मृत्यु भएको उनका भाई सन्तोष शाक्यले बताए । उनको शव विहिवार विहान सदरमुकाम तम्घास स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा ल्याईएको थियो । पार्टी कार्यालय परिसरमा कांग्रेसले श्रद्धाञ्जली सभा गरि पार्टीको चारतारे झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको थियो । पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र पुर्व पार्टी सभापति सुरेशचन्द्र भुसालले पार्टीको झण्डा ओढाई सम्मान ब्यक्त गरेका थिए ।

त्यस्तै रेसुङ्गा नगरपालिकाको नवौ नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै गरेका नगरप्रमुख डिल्लीराज भुसाल , उपप्रमुख सिता भण्डारी सहितका जनप्रतिनिधीहरु बालमन्दिरमा चलिरहेको नगरसभा छाडेर कांग्रेस पार्टी कार्यालयमा पुगेर स्वर्गिय शाक्य प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष बिरबहादुर कार्की चाहल , नेका एमालेका जिल्ला पार्टी कार्यालय सदस्य कृष्ण सुनार , जनता समाजवादी पार्टीका अध्यक्ष घनश्याम पाण्डे लगायत विभिन्न राजनैतिक दल र संघ संस्थाका प्रमुख –प्रतिनिधीहरुले स्वर्गिय शाक्य प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको निधनले नेपाली कांग्रेस पार्टीलाई मात्र नभई जिल्लाको सिङ्गो सामाजिक क्षेत्रमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

वामी टक्सारले सामाजिक खम्वा गुमायो
वामीटक्सार बजारमा कुनै समय वैद्य र नामुद ब्यापारिका रुपमा परिचित गणेशलाल श्रेष्ठ र आमा गोमादेवि श्रेष्ठको कोखबाट २०२५ साल असार १३ गतेका दिन जेष्ठ सुपुत्रका रुपमा जन्मिएका सुदर्शन शाक्य बाबुले गर्दै आएको ब्यापार ब्यवसायको पिढो थाम्दै समाज सेवामा पनि सक्रिय हुँदै आएका थिए ।

वामीटक्सारका नेवार समुदायको नेवारी संस्कृतिका संरक्षकका रुपमा पनि उनको भुमिका रहँदै आएको थियो । त्यस्तै साविक वामी गाविसको शिक्षा , स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा उनको योगदान अतुलनिय रहेको त्यहाँका वासीन्दा तथा महेन्द्र आदर्श नमुना मावि वामीटक्सारका शिक्षक सरोजकुमार बौद्धचार्य बताउँछन् ।

यस भेगमा गर्न लागिएका विभिन्न महोत्सव होस् अन्य जुन सुकै कार्यक्रममा उहाँ अग्रमोर्चामा खट्ने ब्यक्ति हुनुहुन्थ्यो दुर्भाग्यवस हामीले यस भेगका एउटा खम्वा समाज सेवीलाई गुमाउनु पर्दा भावविह्ल भएका छौं’– शिक्षक बज्रचार्यले भने । उनका अनसार बज्रचार्य बौद्धविहार समाज वामीटक्सारका स्वर्गिय शाक्य सचिव थिए ।

लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास अन्तर्गत वामी अस्पताल सञ्चालक समितिका अध्यक्ष थिए । त्यस्तै कृष्णहरि रुद्रवती आँखा अस्पतालका पनि अध्यक्ष थिए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघ मुसिकोट शाखाका पनि अध्यक्ष थिए । वामीटक्सार कै महेन्द्र आदर्श नमुना माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका पनि अध्यक्ष थिए ।

वामीटक्सारमा सञ्चालित रेडियो स्थापना गर्न उनको अग्रणी भुमिका रहेको थियो । उनि त्यस रेडियो सञ्चालक समितिका संस्थापक अध्यक्ष हुन् । त्यहाँका वित्तिय संस्था सहित दर्जनौ सामाजिक संस्थामा उनी आवद्ध थिए । सधैव हंशमुख र मृदभाषी शाक्य सरल र फरासिलो स्वभावका ब्यक्ति थिए । उनका एक भाई र दुई बहिनीहरु रहेका छन् । घरमा श्रीमति ईन्द्रमाया शाक्य सहित दुई छोरा र ३ छोरीहरु रहेका छन् । उनी नेपाली कांग्रेस जिल्ला कार्य समितका पनि सदस्य थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।