१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका –८ का बिजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । असार ७ गते सोमवारको दिन कपिलवस्तु नगरपालिका वडा नं ८ पूर्व डिह बेलौहवास्थित पोखरीमा १८ वर्षीय विजय बहादुर कुर्मी को शव फेला परेको थियो । शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले स्थानीय ३२ वर्षिय रमेश कँहार, भाई अनिल कँहार र उनकी श्रीमती बास्मती कँहारलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कँहार ४ गते बिहान घर फर्किदा कुर्मीलाई कोठामा देखेपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ । आफू नभएको समयमा कुर्मीलाई कोठामा भेटेपछि आक्रोशित अनिलले दाजु रमेश र श्रीमती बास्मती कँहारको मिलेमतोमा कुटपिट गरी हत्यागरेपछि पोखरीमा फालिदिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीको बास्मतीसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए । त्यसपछि पनि आफु नभएको मौका पारी कोठामा आएका कुर्मीलाई कुटपिट गर्नुको साथै उनैले लगाएको धागोको मालाले घाँटी कँसेर हत्या गरी पोखरीमा फालिदिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए । पक्राउ परेका तीनैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान शुरु गरेको भण्डारीले जानकारी दिए । स्मरण रहोस् केहि दिन अघि पनि कपिलबस्तुमा एक श्रीमतीले श्रीमान हत्याका लागि सुपारी दिएको सार्वजनिक भएको थियो ।-यस अगाडि शिर्षकमा अन्यथा हुन गएकोमा सच्चाइएको छ । सम्पादक

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड