१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । इनरव्हिल क्लब मिडटाउन बुटवलले स्थापना दिवसको अवसर पारेर खाद्यान्न सामग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिड संक्रमण रोकथामका मापदण्ड पूरा गर्दै तिलोत्तमा नगरपालिका ६ मणिग्रममा रहेको रामचन्द्र मैनादेबि अनाथ आश्रममा दाल, चामल, तेल, लगायतका खाद्यान्न सामग्री सहयोग गरेको कार्यक्रमका संयोजक साबित्रा सुनारले जानकारी दिइन् ।

Advertisement

कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष आशा श्रेष्ठले क्लबले सधैं समाजमा देखिएमा समस्याहरुमा हातेमालो गर्दै अगाडी बढेको बताइन् ।क्लबका अध्यक्ष मिठु टण्डन भण्डारीले क्लबको स्थापना दिवसको अवसर पारेर समाजमा अनाथ भएर बस्नु पर्दैन यस्ता बालबालिकाको लागि धेरै आमाहरुको जन्म भएको छ भन्ने सन्देश प्रवाह गर्न आश्रमलाई छनोट गरिएको बताइन् ।

खाद्यान्न सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि समाजसेवी साबित्रा टण्डनले असहायहरुको अभिभावक बनेको क्लबले गरेका गतिबिधि सकारात्मक हुनुपर्ने बताइन् । खाद्यान्न सामग्री ग्रहण गर्दै अध्यक्ष मैनादेबि भण्डारीले कोभिडको संकमणको कुनै प्रवाह नगरी आश्रममा आएर खाद्य सामग्री प्रदान गरेकोमा क्लब परिवारलाई धन्यबाद ब्यक्त गरिन् ।

क्लबले यस भन्दा अगाडि पनि कोभिड संक्रमण न्यूनिकरणका लागि स्वास्थ्य सामग्री लगायतका सामग्रीहरु वितरण गरिरहेको जानकारी गराइन् । कार्यक्रमको सञ्चालन क्लबका सचिव देबि न्यौपानेले गाएकी थिइन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच क्लबले ओलम्पिक डे २०२१ का अवसरमा नेपाल ओलम्पिक कमिटी र इनरव्हिल क्लब अफ किर्तीपुरको संयुक्त आयोजनामा सम्पन्न पोजिटिभ थिन पोजिटिभ थिङ्गकीङ बिषयक एक्सटेम्पोर कन्टेक्सटमा बेस्ट स्पिकर सहित प्रथम भएकोमा पास्ट प्रेसिडेन्ट राधा भट्टराइलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था