ताजा अपडेट »

इस्माको मान,तलब वृद्धि गरी शिक्षक–कर्मचारीको सम्मान

मंगलबार, ०८ असार २०७८, २१ : ०३
6 Shares

गुल्मी। जिल्लामा पहिलो पटक निजी श्रोतका शिक्षक र करार कमचारीहरुको न्यूनतम तलबको समस्याप्रति इस्मा गाउँपालिकाले ईमान्दारितापूर्वक समाधान गर्ने भएको छ । उसले सो गाउँपालिका भित्रका करार कर्मचारि र विद्यालयका निजी श्रोतका शिक्षकहरुलाई संघिय सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकको सुनिश्चित्ता गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न त्यस गाउँपालिकाको नवौं गाउँसभाले यस्तो निर्णय गरेको हो ।

गाउँ सभामा आगामी आर्थिक बर्ष २०७८ /०७९ का नीति तथा कार्यक्रमका लागि कुल ४२ करोड ७९ लाख ८१ हजारको बजेट गाउँपालिका उपाध्यक्ष विमला खत्रीले पेश गरेकी थिईन । प्रस्तु बजेटबाट करार कर्मचारी र विद्यालयका निजी श्रोतका शिक्षकहरुलाई जनही मासिक दुई हजारका दरले तलव बढाईएको छ । सो गाउँपालिकाले स्वयम सेविकाहरुको समेत जनही ६ हजार रुपैयाँ पारिश्रमिक दिदै आएको छ । चालु आर्थिक बर्ष भित्रै उज्यालो इस्मा घोषणा गर्ने गरि रकम विनियोजन समेत गरिएको इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी लिए ।

हामी कहाँ मिटर जोडेर बत्ति नै बाल्न नसक्ने केहि विपन्न परिवार समेत छन् उनीहरुलाई समेत गाउँपालिकाले खर्च ब्यहोरेर उज्यालो ईस्मा घोषणा गर्दैछौं उनले भने–‘ टिनको छानामुक्त ईस्मा गाउँपालिका भदौं असौज महिना भित्र गर्दैछौं ।’ उनले गाउँपालिका भित्रका थुप्रै निजी श्रोतका शिक्षकहरु म्हिनाको ४–५ हजार तलवमा पढाएर मर्कामा परेको पाईए पछि उनीहरुलाई तलव गाउँपालिकाले मासिक दुई हजार थपिदिने र विद्यालयहरुलाई न्युनतम पारिश्रमिकको सुनिश्चित्ता गर्न लगाईने बताए ।

उनका अनुसार गाउँसभाले ‘पालिका अध्यक्ष रोजगार कार्यक्रम ’ मार्फत चालु आर्थिक बर्षमा ३ सय ५० जना मजदुरलाई रोजगारि दिने लक्ष्य लिईएको छ । गाउँपालिका अध्यक्ष बिष्टले इस्मा गाउँपालिका रिङ्गरोड निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए । उनले आफुहरुले जिम्मेवारि सम्हाल्ने बेलामा इस्मा हत्या–हिंसा र सामाजिक विकृति विसंगतिको अखडा जस्तै बनेकोले निकै चुनौती रहेको तर त्यसलाई यस अवधीमा न्युनिकरण गर्न सफल भईएको दावी गरे ।

उनले भने –‘ आपराधिक घटनाको मुख्य जड ब्याप्त मदिरा सेवन हो भन्ने हामीले बिश्लेषण ग¥यौं र गाउँपालिका उपाध्यक्ष विमला खत्रीको संयोजकत्वमा मदिरा नियन्त्रणमा कडाई ग¥यौं । फलस्वरुप परिणाम हाता लागेको छ र विगतको तुलनामा महिलाहरुमा घरेलु हिंसा र ठुला अपराधिक घटनामा न्युनिकरण भएको छ । ’ गाउँपालिका उपाध्यक्ष खत्रीका अनुसार चार बर्ष अघि सम्म इस्मा यस्तो थलो बनेको थियो कि जिल्लाभर २५ वटा अपराधिक घटना घट्दा इस्माका मात्रै १८ वटा हुन्थे ।

१५ सय घरधुरीमा एक घर एक धारा पुराई सकेको इस्माले ४ हजार घरधुरीमा चालु आर्थिक वर्ष भित्र एक घर एक धारा पुराउने लक्ष्य लिएको छ । त्यस गाउँपालिकाले जिम्मेवारी सम्हालेको तिन बर्षमा थुप्रै विकास निर्माणको काम भएको गाउँसभामा सहभागी जनप्रतिनिधीहरुको दावी थियो । यस अवधीमा इस्मामा तम्घास सिमलटारी सडक पिच भएको , सदरमुकाम तम्घा देखि गाउँपालिकाको केन्द्र रहेको स्थान सम्मको सडक ग्रावेलिङ्ग भएको र वडा स्तरका टोल टोलमा सडक सञ्जाल पुराईएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार