ताजा अपडेट »

बुटवलका विद्यालयमा असार २० गतेदेखि नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुने

मंगलबार, ०८ असार २०७८, १२ : ४१

बुटवल । बुटवल उपमहानगर भित्रका विद्यालय असार २० गतेदेखि नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुने भएका छन् । बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गरी नगर भित्रका १ देखि ९ कक्षासम्मका विद्यालयहरुले असार १३ गतेसम्म नजिता प्रकाशन गरी २० गतेदेखि विद्यालय सञ्चालन सूचित गरेको छ ।

‘शैक्षिक सत्र २०७८ सालको विद्यार्थी भर्ना, वार्षिक नतिजा प्रकाशन भए लगत्तै शुरु गरी असार २० गतेदेखि कोभिड–१९ को विषम परिस्थतिलाई मध्यनजर गरी वैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलाप गर्ने ।’–सूचनामा भनिएको छ । यस्तै सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक समेत उपलब्ध गराउने र संस्थागत विद्यालयहरुले पाठ्पुस्तकहरुको सूची उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।