ताजा अपडेट »

रुपन्देहीमा नक्कली सवारी पास खरिद बिक्री गर्ने ४ जना पक्राउ, डेढ लाख बढी जरिवाना

सोमबार, ०७ असार २०७८, १० : ४६
4 Shares

रुपन्देहीमा नक्कली सवारी साधनको पासलाई बनाई खरिद बिक्री गर्ने चार जना पक्राउ परेका छन् । उनीहरुले जरिवाना स्वरुप १ लाख ५५ हजार जरिवाना तिरे पछि प्रहरीले छाडेको छ ।

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट नगरपालिका–७ स्थाई घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने बर्ष २७ को बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ कै ५३ वर्षका रोलक बहादुर बुढाक्षेत्री, वडा नम्बर १२ का ३९ वर्षीय मनोज गैह्रे, मुसिकोट नगरपालिका–७ का २७ वर्षीय विपिन काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । उनीहरुलाई प्रहरीले शनिबार बुटवलबाट प्रक्राउ गरेको हो ।

उनीहरुले नक्कली पास बनाई सवारी साधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेको पाईएकोले सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम ४ जनालाई सजाय तथा जरीवानाका लागि जिल्ला प्रशासनमा पठाईएको थापाले बताए ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पास बनाई बिक्रि गर्ने ३ जनालाई जनही ५० हजार जरिवाना र खरिद गर्ने मनोज गैह्रेलाई ५ हजार जरिवाना तोकेको र उनीहरले आईतवार १ लाख ५५ हजार जरिवाना बुझापछि छाडिएको थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।