ताजा अपडेट »

भेरी अस्पताल हातपात प्रकरण : ५० हजार धरौटिमा छुटे स्वास्थ्यकर्मीमाथी हातपात गर्ने तीनजना

आइतबार, ०६ असार २०७८, २० : ५४
4 Shares

दाङ। बाकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन् ।

ज्यान मार्ने उद्योगमा प्रहरीले दर्ता गरेको मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टररनर्समाथि कुटपिट गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतको आदेशसँगै उनीहरु तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको स्रेस्तेदार तीर्थ भट्टलाई उदृत गर्दै स्थानिय पत्रकार नारायण खडकाले बताए ।

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत नसिंङ कर्मचारीको घाँटी थिचेर मार्न खोज्नुका सार्थ चिकित्कस र नर्सहरुलाई साँघातिक आक्रमण गरेका थिए । उनीहरुले अस्पतालको आईसीइु कक्षमा तोडफोड समेत गरेका थिए ।

अस्पतालका डाक्टर र नर्सहरू आक्रमणको विरोधमा आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरू तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गराएको थियो ।

घटना लगत्तै सुरक्षाके माग गर्दै स्वास्थ्यकमीृहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शँकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्सीय छानविन समिति गठन गरिएको थियो । समितिले आवेशगमा आाएर आक्रमण भएको निष्कर्ष सहितको प्रतिबेदन बुझाएको थियो ।

https://www.globalaawaj.com/archives/108979
https://www.globalaawaj.com/archives/109009
https://www.globalaawaj.com/archives/109063
https://www.globalaawaj.com/archives/109105
https://www.globalaawaj.com/archives/109142
सुमन केसी
लेखकको बारेमा
सुमन केसी