ताजा अपडेट »

थप २४४२ जनामा कोरोना, ३४५६ संक्रमणमुक्त

आइतबार, ०६ असार २०७८, १७ : ००
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा २४४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२१ र एन्टिजेन विधिबाट १०२१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २१ हजार ५६ र एन्टिजेनबाट २६ हजार ५९५ जना पुगेको छ । यस्तै, आज थप ३ हजार ४५६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ ।

आज संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ७२६ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।