ताजा अपडेट »

गीत सुन्ने रहरमा ज्यान गुमाइन् निराले

शनिबार, ०५ असार २०७८, २० : ०७
4 Shares

गुल्मी । शनिबार विहान साढे ९ बजेतिर घरयासी काम सकेर खान खाई सकेपछि पाल्पाको रिब्दिकोट गाउँपालिका–३, हिरापोखरा गाउँकी निरा बि.क.ले एकछिन बुफरमा गीत बजाएर मनोरञ्जन लिने चाहना राखिन् । त्यस पछि बुफरको तार जोड्ने क्रममा नाङ्गो तारमा हात गयो र उनलाई करेन्ट लाग्यो । अरुले बुफरको लाइन बन्द गरेपछि उनी भुँईमा ढलिन् । उनलाई मिसन अस्पताल पुराइयो । तर, बिहान ११ बजेको समयमा उनलाई डाक्टरले मृत घोषणा गरे।

३४ वर्षिया निरा बि.क.का श्रीमान बलराम बि.क भारतको मुम्वईमा रहेको र दुई महिना अघि मात्र घरबाट हिँडेको मृतकका देवर केशव जंग बि.सी.ले बताए । उनले भने–‘ हामी वल्लो घरमा थियौं । उहाँले खान खाई सकेपछि बुफरमा गीत सुन्ने क्रममा प्लक रहेन्छ र विद्युतको खाली तारमा बुफरको तार जोड्न थाल्नु भए छ । त्यसपछि उहाँलाई करेन्ट लागेर ढल्नुभयो । अस्पताल लगेपछि भाउजुको मृत्यु भयो।’

१६ वर्षअघि विवाह भएकी निराका १५ बर्षीया छोरी र ११ बर्षीय छोरा रहेको बि.सीले बताए । करेन्ट लागेर अल्पआयुमै नियतले निरालाई चुँडेपछि सिङ्गो हिरापोखरा र माईती गाउँ हार्थोक यतिबेला शोकाकुल बनेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता रामेश्वर त्वातीले प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा गई अस्पताल उपचार गर्न ल्याइएको र उनको केहि समयपछि मृत्यु हुन पुगेको बताए ।

https://www.globalaawaj.com/archives/114710
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार