ताजा अपडेट »

रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, १९ जनामा संक्रमण

विहीबार, ०३ असार २०७८, १७ : ००
4 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । रुपन्देहीमा कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्यु हुनेको संख्या शुन्य भएको यो दोस्रो पटक हो । यस भन्दा अघि जेठ २८ गते पनि कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य भएको थियो।

यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा १९ जनामा संक्रमण पुष्टि भएको छ । १५१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको यो । तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सैनामैना नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिक र कञ्चन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ५४५ रहेको छन् भने कूल मृत्यु हुनेको संख्या ४७५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।