ताजा अपडेट »

थाहा पाउनुहोस ड्राई फ्रुट्स खाँदा हुने फाइदा

विहीबार, ०३ असार २०७८, ०९ : ४२
10 Shares

बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स खान कसलाई मन नपर्ला र ? स्वादका कारण धेरैले यस प्रकारका फ्रुट्स सबैले मन पराउँछन् । तर फि फल केवल स्वादकालागि नभई कतिपय रोगको निदानमा पनि उपयोगी हुन्छ ।सातामा हरेक दिन केहि दाना ड्राई फ्रुट्सको सेवन गरेमा हृदयघात र मस्तिष्कघातको जोखिम घट्दछ । यस्ता फलमा प्रोटिन मात्र नभएर स्वस्थकर फ्याट र मुटुकालागि आवश्यक अन्य पोषक तत्व पनि पाइन्छन् । साथै रगतमा कोलेस्टेरोल घटाउने तत्व पनि पाइन्छ ।

यस्ता फलमा फाइबर र शरीरमा जलन न्यून पार्ने पोषक तत्व पनि पाइने युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी पब्लिक हेल्थ असिस्टेन्ट प्रोफेसर डा लरी राइटले बताएकि थिइन् । उनका अनुसार दैनिक २८ ग्राम नट्स (हाडे बदाम, काजु, ओखर र बदाम लगायत) खानु अत्यन्त स्वस्थकर हुन्छ ।

कतिपय मासु जस्तै बफ (राँगाभैंसीको मासु), पोर्क (सुँगुरको मासु), दुग्धजन्य पदार्थ, नौनी र नरिवलमा पाइने स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट मुटुकालागि हानिकारक हुन्छ । तर, माछा, कुखुराको मासु, विभिन्न खालका बदाम (नट्स), ओलिभ ओयल, एभोकाडोमा पाइने मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट भने मुटुकालागि फाइदाजनक छन् ।यस अलावा चकलेटमा हालिएका, नुन मिसाइएका वा भुटिएका नट्स खानुभन्दा सादा नट्स खानु बढि लाभदायी हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।