२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

वीरगञ्ज । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण गहुँ खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन सकेको छैन । सङ्घीय सरकारले सो कार्यालयलाई किसानबाट समर्थन मूल्यमा प्रतिक्विन्टल रु तीन हजार १११ का दरले तीन हजार क्विन्टल गहुँ खरीद गर्ने लक्ष्य दिएकामा गत वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञाका कारण हालसम्म २१६ क्विन्टल गहुँमात्र खरीद गर्न सकिएको कार्यालय प्रमुख विकास कटुवालले राससलाई बताए ।

Advertisement

एक त लामो समयदेखि जारी रहेको निषेधाज्ञाका कारण किसान गहुँ बेच्न कार्यालयमा आउन नसकेको तथा दोस्रो मैदा मिलले ग्रामीण क्षेत्रका किसानको घरमै गएर गहुँ खरीद गर्न थालेपछि सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन नसकेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । सरकारले गहुँ खरीदको समर्थन मूल्य तोके पनि निजीस्तरका मैदा मिलले सोही मूल्यमा गहुँ खरीद शुरु गरेकाले पनि लक्ष्य प्रभावित भएको सो कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा पर्सामा यस वर्ष रु १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबर पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भए पनि कार्यालयले लक्ष्य प्राप्ति गर्न नसक्नुको प्रमुख कारण लामो समयदेखि लागेको निषेधाज्ञाले किसान बजारसम्म आउन नसक्नु नै भएको बताइन्छ । यस वर्ष जिल्लामा किसानले २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको छ । यस वर्ष प्रतिहेक्टर तीन दशमलव तीन मेट्रिक टन उत्पादन भएको बताइएको छ ।

किसानले गहुँ खेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यस वर्ष पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताए । अघिल्लो आवमा पर्साका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा ८० हजार ६०० मेट्रिक टन गहूँ उत्पादन गरेको थियो । धान खेतीभन्दा बढी आम्दानी गहुँ खेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँ खेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।

किसानले यस वर्ष विजय एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँ खेती गरेको थियो । किसानले उत्पादन गरेको गहुँमध्ये ५० प्रतिशत बिक्री गर्ने गरेको र बाँकी गहुँ वर्षभरि आफैँ खानका लागि राख्ने गरेका छन् । पर्साका किसानले यस वर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मुसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिक टन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेती गरी १६२ मेट्रिक टन उत्पादन गरेको छ । यसैगरी राजमा पाँच हेक्टर क्षेत्रफमा खेती गरी १४ मेट्रिक टन उत्पादन गरेको छ । त्यस्तै किसानले रहर १५ हेक्टर क्षेत्रफलमा खेती गरी १५ मेट्रिक टन उत्पादन गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक