ताजा अपडेट »

रुपन्देहीमा थपिए ५८ संक्रमित, ६८ संक्रमणबाट मुक्त

शनिबार, २९ जेठ २०७८, १८ : ०८
6 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ३१९ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जना निको भएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४/४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३/३ जना, ओमसतिया गाउँपालिकाल, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६६५ पुगेको छ । जसमध्ये २६ हजार २२१ जना निको भएका छन ।

हाल जिल्लामा ९७९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६५ पुगेको छ । हिजो रुपन्देहीमा कोरोनाको दास्रो लहर सुरु भएदेखि पहिलो पटक कोरोनाबाट कसैको पनि मृत्यु भएको थिएन्।

https://www.globalaawaj.com/archives/112694
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।