ताजा अपडेट »

कपाल झर्नबाट रोक्न के के गर्ने ?

बुधबार, ०९ असार २०७८, ०८ : ४५
16 Shares

उमेरले ३० कटेका अधिकाशं युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ । युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान हुन्छ ।

१. अण्डामा प्रशस्त मात्रामा पाइने प्रोटिनले कपाललाई बाक्लो र बलियो बनाउँछ । यसका लागि एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्ने र पछि पखालेमा कपाल बाक्लो र चम्किलो हुन्छ ।

२. पुरुषको कपाल झर्नबाट रोक्न तालुको भागलाई मसाज गर्दा राम्रोसँग रक्तसञ्चार हुन्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित तालुको मसाज गर्दा लाभ मिल्दछ ।

३. भिटामिन र पौष्टिक तत्व पाइने नरिवलको पानीले कपाल पलाउन सहयोग गर्दछ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाए वा नरिवलको पानी दिनहुँ पिएमा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।

४. एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन जान्छ । यो पेष्ट लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।

पुरुषको कपाल झर्न रोक्न नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । साथै नियमित तेलले मालिस गर्दा पनि कपाल पलाउन लाभ पुग्दछ । विभिन्न एजेन्सीको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।