१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

दुल्लु। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले २० प्रतिशत सहुलियतमा जेठ २४ गतेदेखि चामल बिक्री गर्न थालेको छ । सदरमुकामस्थित कार्यालयमा सहुलियतको चामल लिनेको सङ्ख्या बढेको छ । यसग्अघि चाडपर्वका बेला मात्र छुट दिदैआएको खाद्यले सरकारले निषेधाज्ञा अवधिभर चामलमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको घुइँचो लाग्ने गरेको पाइएको छ ।

खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको छ । सस्तो दरमा चामल पाउँदा निकै राहत मिलेको रने बादीले बताए। “दिनभरी मजदुरी गरेर पेट पाल्थ्यौ, अहिले लकडाउनले सबै काम बन्द भयो, बजारको चामल किनेर खान धौ धौ परेको बेला सस्तो चामल पाउँदा निकै राहत भएको छ”, बादीले खुसी व्यक्त गरे । बादी समुदायलाई मात्र होइन मजदुरी गर्ने, गरिब, असहाय र विपन्न परिवारलाई निकै राहत मिलेको छ ।

सहुलियतको चामल लिन दैलेख सदरमुकाम नारायण नगरपालिका, नौमुले गाँउपालिका, भगवतीमाई गाँउपालिका, दुल्लु नगरपालिका, भैरवीगाँउपालिका, महाबुगाँउपालिका लगायतबाट सर्वसाधारण आउन थालेका छन । सहुलियत दरको चामल लिन अहिले भिड लाग्ने गरेको कार्यालय प्रमुख रण बहादुर ऐरीले बताए। जेठ २४ देखि शुक्रबारसम्म दैलेखमा सय क्विन्टल चामल बिक्री भैसकेको र बिक्रि हुने क्रम बढेको ऐरीले जानकारी दिए । कोरोना महामारीको बेला नागरिकलाई छुटले विशेष राहत मिलेको छ । सोमवार, बुधबार र बिहीबार बिहान १० बजेदेखि ३ बजे सम्मका लागि बिक्री समय तोकिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धीत व्यक्तिको नागरिकताको आधारमा २५ किलो चामल दिने गरेको छ । दैनिक ५० देखि ६० जना सर्वसाधारण चामल लिन आउने गरेको उहाँको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे