२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थमाथि भएको हमलाको निन्दा गरेका छन् । बुधबार उनले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गरेको बताइएको छ । उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो ।

Advertisement

उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो । साथै सो हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते पनि भएका छन् ।उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ ।

यहाँ प्रायः तालिबानीहरुले सडकमा विस्फोटक पदार्थ बिच्छाउने गरेकाले त्यसका विरुद्धमा नागरिकलाई सचेत गराउने र त्यस विस्फोटमा परी घाइते भएका नागरिकलाई उपचारको व्यवस्था गर्ने काममा सो संस्थाले काम गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रमका कर्मचारीलाई यसरी हमला गरी हत्या गर्नु भनेको शान्ति विरोधी कार्य भएको भन्दै महासचिव गुटरेसले त्यसको विरोध गरेका हून् ।उनले नागरिकका अधिकारका क्षेत्रमा काम गर्ने यस्ता संस्थामाथि गरिएको हमला जघन्य अपराध हो भन्दै त्यसमा संलग्नलाई सख्त कारबाही गर्न माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका