June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

आजै मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री, गृहमन्त्रीमा खगराज अधिकारी

39

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद्लाई आजै पूर्णता दिन लागिएको हो ।  

प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा समावेशीता मिलाएर नयाँ मन्त्री नियुक्त गर्न लागेका छन् । 

उच्च स्रोतका अनुसार नारदमुनी रानालाई वनमन्त्री, आशा विकलाई वन राज्यमन्त्री, मोहन वानियाँलाई विना विभागीय, खगराज अधिकारीलाई गृहमन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्रीमा नियुक्त गर्न लागिएको छ । यस्तै, नैनकला थापालाई सञ्चारमन्त्री, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री र ज्वालाकुमारी साहलाई कृषि मन्त्रीको जिम्मेवारी दिइने तयारी छ । 

पछिल्लो अपडेट