२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

Advertisement

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने त्रास सिर्जना भएको बताए ।

अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको बताउँदै उहाँले पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले गाउँमा कोरोना फैलिएको पुष्टि भएको उल्लेख गरे ।

प्रवक्ता पौडेलका अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुङ्गा, तेह्रथुममा कोरोना सङ्क्रमण अत्यधिक रहेको छ । यस्तै प्रदेश २ मा सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा सङ्क्रमण फैलिरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा कोरोना तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सङ्क्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरुष छन् । २१ देखि ५० वर्ष उमेर समूहमा सङ्क्रमणदर धेरै रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा