२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

गण्डकी । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको आयोजना एवं कर्मा फ्लाइट्स फाउन्डेसन नेपालको साझेदारीमा कोरोना कहरका कारण प्रभावित पदयात्रा मजदुर (पथ प्रदर्शक र सहयोगी) को सहयोगार्थ राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना/केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरिएको हो ।

देशका विभिन्न स्थानबाट आएर पोखरामा बालबच्चासहित परिवारको साथमा घरभाडामा बसेका मजदुर विगत एक वर्षदेखि कोरोना कहरका कारण पदयात्रा पर्यटन ठप्प भएसँगै बेरोजगार बनेको र निषेधाज्ञाका कारण अन्य वैकल्पिक रोजगारीसमेत नभएका कारण परेको खाद्यान्न सङ्कटलाई दृष्टिगत गरी सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । कोराना कहरका कारण दीर्घकालीनरूपमा पदयात्रा आश्रित मजदुरको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाउने वातावरण तयार गर्न सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार क्रियाशील बन्नुपर्ने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ