१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । विश्वव्यापी कारोना महामारीले निम्त्याएको संकटले निराशा मात्र होइन धेरैको अनुहारमा खुशी ल्याउने काम पनि गरेको छ । मुलुक संकटमा परिरहेका बेला समाजमा मनकारी पात्रहरुले विपन्न तथा समस्यामा परेका नागरिकहरुलाई खुशी दिने काम गरेको छ । कोरोनाका कारणजनजीवन अस्तव्यक्त हुनुका साथै आर्थिक क्षेत्र तहसनहस भएको छ । दैनिक दैनिक कर्म गरेर खने नागरिकहरुको जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ ।

Advertisement

यसैगरी कोरोनासँग जुझ्नका लागि पहिलो पङ्तीमा रहेर स्वास्थ्यकर्मीहरुले महत्पूर्ण भूमिका निर्वाह गरिरहेका छन् । आफ्नो भोग प्यासलाई भूलेर सेवा कर्ममा लागेर स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी बुटवलका हरी कार्की उनीहरुका लागि खुशी प्रदान गर्ने पात्रका रुपमा जुटेका छन् । बुटवल दीपनगरका हरिबहादुर क्षेत्रीले आफू कोरोना संक्रमित भएर अस्पतालको बेडमा सुतिरहेको अवस्थामा आफ्नो फेसबुकमा स्ट्याटस लेखे– ‘बुटवलभित्र रहेका सम्पूर्ण हस्पिटल, निजी सरकारी सबैमा चिकित्सकहरु दिनरात नभनी कोभिड बिरामीहरुको हेरचाहका निम्ति खटिएका छन् । ती चिकित्सक तथा स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेहरुलाई निःशुल्क हस्पिटलभित्रै पुगेर खाना डेलिभरी गर्ने योजना छ, मलाई सुझाव दिनुहोस् ।’

उनले फेसबुकमा प्राप्त गरेको सुझावले होस वा अरु कुनै कारणले कोरोना संक्रमणबाट विजयी प्राप्त गरेसँगै सामाजिक सेवामा जुटेका छन् । व्यक्तिगत खर्चमै लुम्बिनी प्रादेशिक अस्पताल र धागो कारखानामा अवस्थित कोरोना विशेष अस्पताल, आम्दा अस्पताल, कालिनकानगरमा रहेको स्वास्थ्यकर्मी बस्ने गल्र्स होस्टल, देविनगर लगायतका ठाउँहरुमा खाना तथा नास्ता पुर्याउने उनको दिन चर्या बनेको छ । जेठ १० गतेबाट सुरु गरेको यो अभियानले २ साता पूरा गर्न लागेको छ । दैनिक रुपमा १४० जना बढीलाई नास्ता खुवाउने उनले करिब सय जनालाई खाना खुवाउने गरेको बताए ।

हरेक दिन दुध, अण्डासहितको खाना खुवाउने उनले हप्तामा एक पटक मासुसहितको खाना खुवाउने गरेको बताए । दैनिक १७÷१८ हजार व्यक्तिगत रुपमा खर्च गरेर स्वास्थ्यकर्मी, कोभिड संक्रमित विरामी तथा विरामीका आफन्तहरुलाई खाना खुवाउने गरेका उनले हाफ्नो अभियानमा केही सहयोगी पात्रहरु समेत थपिन थालेको उल्लेख गरे । सामाजिक अभियान्ताको परिचय बनाएका हरि क्षेत्रीले प्रत्येक हप्ता सात थरिका नास्ता र सातै थरिका भोजन गराउने उद्देश्यका साथ एक महिने अभियान चलाएको बताउँछन् ।

बुटवल होराइजन चोकका नेत्र भट्टराईले बुटवल उपमहानगरपालिको प्रगतिनगर र बुद्धनगरमा १७ घर परिवारलाई एकल रुपमा राहत स्वरुप चामल, दाल, चिनी, तेल वितरण गरेका छन् । कोरोना महामारीको वेला लकडाउन हुँदा बिहान साँझ छाक टार्न समस्या भएकाहरुलाई राहत वितरण गरिएको भट्टराईले बताए । उनले आफ्नो वडाका कसैलाई दुःख पाएका, समस्यामा परेकाले फोन गरे आफूले राहत उपलब्ध गराउने जनाएका छन् ।उनले राहतको काम व्यक्तिगत रुपमा खर्च गरेर सुरु गरेकोमा पछिल्ला दिनहरुमा साथीहरु पनि यस्तो अभियानमा सहयोगी बनेको बताए ।
निस्वार्थभावले बिरामी, बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीहरुलाई खाना, नास्ता अभियानमा धेरै जनाको अदृश्य रुपमा साथ र सहयोग रहेको छ । उनीहरुको यस प्रकारको अभियानबाट सयौँ जना लाभान्वित भएका छन् र दुःखका बेला मल्हम लगाउने काम गरेका छन् ।उनीहरुको टिमले निःशुल्क मात्र होइन कोरोनाको महामारीमा सुरक्षित र सफा तरिकाले खाजा बनाएको बताए । यो अभियानमा आर्थिक, भौतिक र नैतिक सहयोग धेरैले गरेको उनीहरुको भनाई छ । यस अभियानबाट आफूलाई आत्मसन्तुष्टि दिएको र मानव भएर मानवको लागि पूरा गर्नुपर्ने जिम्मेवारीमध्येको सानो काम गरेको अनुभूति दिएको बताउँछन् ।

कोभिडको समय बाहेक अन्य समयमा समेत सामाजिक कार्यमा संलग्न भइरहने बुटवलका मिनबहादुर खत्रीले पनि यो समयमा व्यक्तिगत खर्चबाटै सहयोग र राहत वितरणमा जुटेका छन् । पाल्पाको तानसेन नगरपालिका–११ मा जन्मिएका नेपाली सैनिकका अवकास प्राप्त उनले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सयोग गर्दै आएका थिए भने महामारीका बेलामा पनि यो कार्यलाई निरन्तरता दिएको उल्लेख गरे । उनले गत वर्षको कोरोना महामारीमा दाल, चामल, नून तेल लगायतका खाद्य सामग्री वितरण गरेका तिए भने यस वर्षको महामारीमा पनि करिब २ दर्जन व्यक्तिहरुलाई चामल, दाल, नून तेल लगायतका सामग्री प्रदान गरेको बताए । यसैगरी बुटवल–११ देविनगरमा अवस्थित अनाथ आश्रममा समेत खाद्य सामग्री सयहोग गरेको बताए ।

यसैगरी बुटवल देवीनगरकी रिता केसी पनि पोषणयुक्त टिफिन बक्स अभियान नामकरण गरेर अभियानमा खटिरहेकी छन् । साथीहरूसँग मिलेर अभियान थालेकी केसी पेशाले बीमा अभिकर्ता हुन् । पौष्टिक खाजा खुवाउने कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सुरज क्षेत्री, रिता श्रेष्ठ, सुन्दर अर्याललगायतको सहभागिता रहेको छ । यसैगरी देवदह, सैनामैना, भैरहवालगायतका ठाउँमा पनि विभिन्न व्यक्ति तथा संस्थाहरुको पहलमा राहत वितरण तथा सहयोगका कार्यक्रम चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण